६ किनकि हाम्रा पुर्खाले हाम्रा परमेश्वर यहोवालाई विश्वासघात गरे र उहाँको नजरमा खराब काम गरे।+ तिनीहरूले यहोवा परमेश्वरलाई त्यागे, उहाँको वासस्थानप्रति* रतीभर आदर देखाएनन् र उहाँतर्फ आफ्नो पीठ फर्काए।+
३३ तिनीहरूले निरन्तर मतिर आफ्नो पीठ फर्काए; आफ्नो अनुहार देखाउँदै देखाएनन्।+ मैले तिनीहरूलाई बारम्बार सिकाउने कोसिस गरेँ तर तिनीहरूमध्ये कसैले पनि मैले सिकाएझैँ गरेनन् र मेरो अनुशासन स्विकारेनन्।+