-
न्यायकर्ता १०:१३-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तैपनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ।+ त्यसैले अब म फेरि तिमीहरूलाई बचाउनेछैनँ।+ १४ तिमीहरूले ज-जसलाई आफ्ना देवता मानेका छौ, तिनीहरूकहाँ नै जाओ र मदतको लागि तिनीहरूलाई नै पुकार।+ ती देवताहरूले नै तिमीहरूलाई सङ्कटबाट बचाऊन्।”+ १५ तर इस्राएलीहरूले यहोवा परमेश्वरलाई भने: “हामीले पाप गरेका छौँ। हामीलाई जे गर्न तपाईँलाई ठीक लाग्छ, त्यही गर्नुहोस्। तर बिन्ती छ, आज हामीलाई बचाउनुहोस्।”
-
-
भजन ७८:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तर जब-जब उहाँले तिनीहरूमध्ये केहीलाई नाश गर्नुहुन्थ्यो, तब-तब तिनीहरू उहाँको खोजी गर्थे;+
तिनीहरू फर्केर उहाँको खोजी गर्न थाल्थे
-
-
यसैया २६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ हे यहोवा, कष्ट आइपर्दा तिनीहरू तपाईँतर्फ फर्के।
तपाईँले तिनीहरूलाई अनुशासन दिनुहुँदा+ तिनीहरूले मधुरो स्वरमा प्रार्थना गरे र आफ्नो मनको बह पोखाए।
-