७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तँलाई आक्रमण गर्न उत्तरबाट बेबिलोनका राजा नबुकद्नेजरलाई* ल्याउनेछु।+ तिनी राजाहरूका राजा हुन्।+ तिनीसित घोडाहरू,+ युद्धका रथहरू,+ घोडचढीहरू र सिपाहीहरूको* ठूलो दल छ।
१९ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन् र देशलाई लुट्नेछन्। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’