२० आखिरमा अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ पनि आहाजलाई आक्रमण गरे र तिनलाई मदत गर्नुको साटो कष्ट दिए।+ २१ आहाजले यहोवा परमेश्वरको भवन, आफ्नो महल+ र भारदारहरूका घरहरू रित्याएर त्यहाँ भएका सबथोक अस्सेरियाका राजालाई उपहारस्वरूप दिएका थिए तर केही फाइदा भएन।