-
इजकिएल २६:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तँलाई आक्रमण गर्न उत्तरबाट बेबिलोनका राजा नबुकद्नेजरलाई* ल्याउनेछु।+ तिनी राजाहरूका राजा हुन्।+ तिनीसित घोडाहरू,+ युद्धका रथहरू,+ घोडचढीहरू र सिपाहीहरूको* ठूलो दल छ। ८ तिनले छेउछाउका तेरा बस्तीहरूलाई तरबारले नाश गर्नेछन्। तिनले तँलाई घेरा हाल्नेछन्, तेरो वरिपरि घेरा-मचानहरू* बनाउनेछन् र तँविरुद्ध ठूलो ढाल उठाउनेछन्।
-