१६ तैँले आफ्ना केही लुगा लिएर आफ्नो लागि रङ्गीचङ्गी अग्ला थानहरू* बनाइस्। अनि त्यहाँ तैँले वेश्यावृत्ति गर्न थालिस्।+ तैँले यस्तो काम गरिस्, जुन गर्नु हुँदैनथ्यो र पछि पनि कहिल्यै गर्नु हुँदैन।
२८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए।