प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

  • नहेम्याह ९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्‍वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+

  • दानिएल ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्‌, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन्‌ किनकि तिनीहरूले तपाईँलाई विश्‍वासघात गरेका छन्‌।+

  • दानिएल ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस्‌ र तपाईँको क्रोध शान्त होस्‌ किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने