प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ राजाको आदेशअनुसारै मजदुरहरूले भवनको जग बसाल्न+ खानीबाट ठूलठूला ढुङ्‌गाहरू निकाले।+ ती ढुङ्‌गाहरू असाध्यै बहुमूल्य थिए।+

  • १ राजा ७:९-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यी सबै भवन दामी-दामी ढुङ्‌गाहरूले बनाइएका थिए।+ ती ढुङ्‌गाहरू नापअनुसार काटिएका थिए र ढुङ्‌गा काट्‌ने आरोद्वारा ती ढुङ्‌गाका पाटाहरू चारैतिर समतल पारिएका थिए। सबै भवनको जगदेखि गारोको माथिसम्मै अनि ठूलो चोकमा* समेत यस्ता ढुङ्‌गाहरू प्रयोग गरिएका थिए।+ १० ती भवनहरूको जग हाल्न दामी-दामी अनि ठूलठूला ढुङ्‌गाहरू प्रयोग गरिएका थिए। कुनै-कुनै ढुङ्‌गा १० हातका र अरूचाहिँ ८ हातका थिए। ११ यी ढुङ्‌गाहरूमाथि ठड्‌याइएको गारोमा पनि नापअनुसार काटिएका दामी-दामी ढुङ्‌गाहरू र देवदारका काठहरू प्रयोग गरिएका थिए। १२ ठूलो चोकको पर्खालमा चाहिँ काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* थियो अनि चौथो सलचाहिँ देवदारको काठको थियो। यो पर्खाल यहोवा परमेश्‍वरको भवनलाई र दलानलाई+ घेरेको भित्री चोकको+ पर्खालजस्तै गरी बनाइएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने