प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि म तिनीहरूलाई आपसमा जुधाउनेछु, बुबा र छोरालाई समेत आपसमा जुधाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+ “म तिनीहरूमाथि टिठाउनेछैनँ, तिनीहरूमाथि दयामाया वा कृपा देखाउनेछैनँ; तिनीहरूलाई नाश गर्न मलाई कुनै कुराले रोक्नेछैन।”’+

  • यर्मिया २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “त्यसपछि म यहुदाका राजा सिदकियाह, तिनका नोकरचाकर र यस सहरका मानिसहरूलाई अर्थात्‌ महामारी, तरबार अनि अनिकालबाट बचेका सबैलाई बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा सुम्पिदिनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा दिनेछु।+ तिनले तिनीहरूलाई तरबारले काट्‌नेछन्‌; तिनीहरूलाई रतीभर दयामाया देखाउनेछैनन्‌ न त करुणा नै देखाउनेछन्‌।”’+

  • विलाप ३:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ क्रोधित हुनुभएकोले तपाईँले हामीलाई आफ्नो नजिक आउन दिनुभएको छैन;+

      पटक्कै दया नदेखाई तपाईँले हामीलाई खेद्‌नुभएको छ र मार्नुभएको छ।+

  • इजकिएल ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘त्यो मेरो पवित्र स्थान* थियो। तर तिमीहरूका घिनलाग्दा मूर्तिहरू र तिमीहरूका घिनलाग्दा कामहरूले गर्दा त्यो बिटुलो भएको छ।’+ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, म पनि तिमीहरूलाई तिरस्कार गर्नेछु;* म तिमीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र अफसोस मान्‍नेछैनँ।+

  • इजकिएल ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्‍ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने