-
व्यवस्था ३०:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “तिमीहरू यहोवा परमेश्वरकहाँ फर्कनेछौ, उहाँको कुरा सुन्नेछौ र उहाँका सबै आज्ञा पालन गर्नेछौ, जुन आज म तिमीहरूलाई बताउँदै छु। ९ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा प्रचुर मात्रामा आशिष् बर्साउनुहुनेछ।+ उहाँले तिमीहरूका छोराछोरी, गाईवस्तु र भूमिको उब्जनी बढाउनुहुनेछ। जसरी यहोवा परमेश्वरले खुसीसाथ तिमीहरूका पितापुर्खाको फलिफाप गराउनुभएको थियो, त्यसरी नै तिमीहरूको पनि खुसीसाथ फलिफाप गराउनुहुनेछ।+ १० किनकि तिमीहरूले यहोवा आफ्ना परमेश्वरको कुरा सुन्नेछौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र नियमहरू पालन गर्नेछौ अनि तिमीहरू आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा आफ्ना परमेश्वरकहाँ फर्कनेछौ।+
-
-
इजकिएल ३६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ म तिमीहरूमा मेरो सोचाइ हालिदिनेछु र तिमीहरूलाई मेरो नीतिनियमअनुसार चल्न लगाउनेछु+ अनि तिमीहरूले मेरा फैसलाहरू पालन गर्नेछौ।
-