प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३८:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म तँलाई फनक्क फर्काउनेछु र तेरो बङ्‌गारामा बल्छी लगाउनेछु+ अनि तँलाई, तेरा सबै सेनालाई,+ घोडाहरूलाई र राम्रा-राम्रा पोसाक लगाएका घोडचढीहरूलाई तानेर बाहिर ल्याउनेछु; ठूलो दलबल बनाएर आएका तेरा ती सेनालाई, जसले साना* र ठूला ढाल भिरेका छन्‌ र तरबार बोकेका छन्‌। ५ फारस, इथियोपिया र पत+ देशका सेना तिनीहरूसितै छन्‌। तिनीहरू सबैले सानो ढाल भिरेका छन्‌ र टोप लगाएका छन्‌। ६ गोमेर र त्यसका सबै सेना अनि उत्तरको टाढाको इलाकामा बस्ने तोगार्मा र त्यसका सेना+ पनि तँसितै छन्‌; तँसित धेरै मानिस छन्‌।+

  • हाग्गै २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ म राष्ट्रहरूको सिंहासन पल्टाइदिनेछु अनि जातिजातिका राज्यहरूको शक्‍ति नाश गरिदिनेछु;+ म तिनीहरूका रथहरू र त्यसमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडाहरूलाई तरबारले ढालिनेछ र घोडचढीहरूलाई उनीहरूकै दाजुभाइले तरबारले काट्‌नेछन्‌।’”+

  • प्रकाश १९:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मैले सूर्यमा उभिरहेका एक जना स्वर्गदूतलाई पनि देखेँ अनि आकाशमा* उड्‌ने सबै चरालाई तिनले चर्को स्वरमा कराएर यसो भने: “यहाँ आओ, परमेश्‍वरको साँझको ठूलो भोज खान भेला होओ।+ १८ तिमीहरूले राजाहरूको मासु, सेनापतिहरूको मासु, शक्‍तिशालीहरूको मासु,+ घोडाहरूको मासु, घोडसवारहरूको मासु+ अनि के स्वतन्त्र, के दास, के साना, के ठूला, सबैको मासु खान पाउनेछौ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने