-
गन्ती १६:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ तब पुजारी एलियाजारले आगोले भस्म भएका पुरुषहरूले चढाएका तामाका धुपौराहरू लिए र त्यसलाई पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाए। ४० यहोवा परमेश्वरले मोसामार्फत तिनलाई जे भन्नुभएको थियो, तिनले त्यसै गरे। हारुनको सन्तानबाहेक अरू कसैले* यहोवा परमेश्वरसामु धूप बाल्नु हुँदैन+ अनि कोही पनि कोरह र तिनका समर्थकहरूजस्तो हुनु हुँदैन+ भनेर इस्राएलीहरूका लागि यो चेतावनी थियो।
-
-
इजकिएल ४४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “‘तर इस्राएलीहरू मदेखि तर्केर गएको बेला+ लेविको कुलको सादोकका छोराहरूले+ भने मेरो मन्दिरमा आफूले गर्नुपर्ने काम पूरा गरे। त्यसैले तिनीहरूले मसामु उपस्थित भएर मेरो सेवा गर्नेछन् र मलाई बोसो+ र रगत+ चढाउनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १६ ‘तिनीहरू नै मेरो मन्दिरमा उपस्थित हुनेछन् र मेरो वेदीनजिक आएर मेरो सेवा गर्नेछन्।+ साथै तिनीहरूले मेरो मन्दिरमा पाएका सबै जिम्मेवारी पूरा गर्नेछन्।+
-