२ मैले उत्तरतिरको माथिल्लो ढोकातिरबाट+ छ जना पुरुष आइरहेको देखेँ। तिनीहरू प्रत्येकको हातमा फोर्ने डन्डा थियो। मैले तिनीहरूसँगै मलमलको लुगा लगाएका अर्को एक जना पुरुषलाई पनि देखेँ। तिनले आफ्नो कम्मरमा लेखनदासको मसीदानी भिरेका थिए। तिनीहरू सबै मन्दिरभित्र पसे र तामाको वेदीनजिकै+ उभिए।