८ पाँचौँ महिनाको सातौँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा तिनका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान+ यरुसलेम आए।+ ९ तिनले यहोवा परमेश्वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+