-
एस्तर ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तब पहिलो महिनाको १३ औँ दिनमा राजाका सचिवहरूलाई+ बोलाइयो। तिनीहरूले राजाका बडाहाकिमहरू, प्रान्तहरूका राज्यपालहरू र विभिन्न जातिका अगुवाहरूको निम्ति हामानले दिएको सबै आदेश लेखे।+ प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा* र प्रत्येक जातिलाई उनीहरूकै भाषामा ती आदेशहरू लेखिए। ती आदेशहरू राजा आहासुरसको नाममा जारी गरियो र राजाको छापऔँठीले त्यसमा छाप लगाइयो।+
-
-
एस्तर ८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० मोर्दकैले ती आदेशहरू राजा आहासुरसको नाममा लेखे र त्यसमा राजाको छापऔँठीले छाप लगाए।+ अनि तिनले ती पत्रहरू राजदूतहरूको हातमा पठाए। तिनीहरू बेतोडले कुद्ने घोडाहरू चढेर गए, जुन घोडाहरू राजकीय कामकाजको लागि पालिएका थिए।
-