-
दानिएल ३:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तब नबुकद्नेजर दन्किरहेको आगोको भट्टीको ढोकामा गए अनि भने: “हे सद्रक, मेसक र अबेद्नेगो, सर्वोच्च परमेश्वरका सेवकहरू हो,+ बाहिर निस्क!” अनि सद्रक, मेसक र अबेद्नेगो आगोको भट्टीबाट निस्केर बाहिर आए। २७ अनि बडाहाकिम, प्रमुख अधिकृत, राज्यपाल र त्यहाँ भेला भएका+ राजाका सबै उच्च अधिकारीले ती मानिसहरूको शरीरमा आगोले केही असर नगरेको देखे;+ तिनीहरूको शिरको एउटा केशसमेत खरिएको थिएन। तिनीहरूको लुगा जस्ताको तस्तै थियो अनि तिनीहरूको शरीरबाट आगोको गन्धसमेत आएको थिएन।
-