-
२ राजा १६:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ रमल्याहका छोरा पेकहको शासनकालको १७ औँ वर्षमा यहुदाका राजा योतामका छोरा आहाज+ राजा भए। २ राजा हुँदा आहाज २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+ ३ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे।+ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए, जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो।+
-