२५ पहिला जन्मिएको चाहिँ पूरै रातो देखिन्थ्यो। उसको शरीरभरि रौँ नै रौँ भएकोले भुत्लाको लुगा लगाएझैँ देखिन्थ्यो।+ त्यसैले तिनीहरूले उसको नाम एसाव+ राखे। २६ त्यसपछि भाइचाहिँ जन्मियो। एसावको कुर्कुच्चो समातेर जन्मिएको भएर+ इसहाकले कान्छोचाहिँको नाम याकुब राखे।+ छोराहरू जन्मँदा इसहाक ६० वर्षका थिए।