-
मत्ति २२:४१-४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ फरिसीहरू भेला भएको बेला येसुले तिनीहरूलाई सोध्नुभयो:+ ४२ “ख्रिष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” तिनीहरूले उहाँलाई जवाफ दिए: “दाउदको।”+ ४३ उहाँले तिनीहरूलाई भन्नुभयो: “त्यसोभए पवित्र शक्तिको प्रेरणा पाएर दाउदले+ किन उसलाई प्रभु भनेर सम्बोधन गर्दै यसो भने त, ४४ ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ”’?+ ४५ यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन्छ?”+ ४६ अनि कसैले उहाँलाई एक शब्द जवाफ दिन सकेन र त्यस दिनदेखि उसो कसैले उहाँलाई अरू प्रश्न सोध्ने आँट पनि गरेन।
-
-
मर्कुस १२:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तर मन्दिरमा सिकाउँदा उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन् भनी शास्त्रीहरूले कसरी भन्न सके?+ ३६ पवित्र शक्ति पाएर+ दाउद आफैले यसो भनेका थिए: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ।”’+ ३७ दाउद आफैले उसलाई प्रभु भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन सक्छ र?”+
उहाँको कुरा ठूलो जमातले मक्ख परेर सुनिरहेको थियो।
-