प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • अभिनयद्वारा निर्वासनको भविष्यवाणी (१-२०)

        • निर्वासनमा जानलाई पोको (१-७)

        • कुलनायक अँध्यारोमा निस्कनेछन्‌ (८-१६)

        • व्याकुलताको रोटी र डरको पानी (१७-२०)

      • छली उखान झूटो साबित हुन्छ (२१-२८)

        • “मेरो हरेक वचन समयमै पूरा हुनेछ” (२८)

इजकिएल १२:२

मार्जिनल रेफरेन्स

  • +यसै ६:९, १०; यर्मि ५:२१; रोमी ११:८
  • +इज २:३, ५

इजकिएल १२:४

मार्जिनल रेफरेन्स

  • +२इ ३६:२०; यर्मि ५२:१०, ११

इजकिएल १२:५

मार्जिनल रेफरेन्स

  • +२रा २५:४

इजकिएल १२:६

मार्जिनल रेफरेन्स

  • +यसै ८:१८; इज ४:३; २४:२४

इजकिएल १२:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:७; इज २१:२५

इजकिएल १२:११

मार्जिनल रेफरेन्स

  • +इज २४:२४
  • +यर्मि ५२:१५

इजकिएल १२:१२

मार्जिनल रेफरेन्स

  • +२रा २५:४; यर्मि ३९:४

इजकिएल १२:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:९; इज १७:२०, २१
  • +२रा २५:६, ७; यर्मि ३४:३; ५२:११; इज १७:१६

इजकिएल १२:१४

मार्जिनल रेफरेन्स

  • +२रा २५:५
  • +लेवी २६:३३; यर्मि ४२:१५, १६

इजकिएल १२:१८

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६

इजकिएल १२:१९

मार्जिनल रेफरेन्स

  • +भज १०७:३३, ३४; यर्मि ६:७
  • +यसै ६:११; जक ७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५३

इजकिएल १२:२०

मार्जिनल रेफरेन्स

  • +यसै ६४:१०; यर्मि २५:९
  • +इज ६:१३

इजकिएल १२:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ५:१९; आमो ६:३; २प ३:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५३

इजकिएल १२:२३

मार्जिनल रेफरेन्स

  • +योए २:१; सप १:१४

इजकिएल १२:२४

फुटनोट

  • *

    वा “छल गर्ने।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:१४; वि २:१४; इज १३:२३

इजकिएल १२:२५

मार्जिनल रेफरेन्स

  • +वि २:१७; जक १:६
  • +यर्मि १६:९; हब १:५

इजकिएल १२:२७

फुटनोट

  • *

    शा., “घराना।”

मार्जिनल रेफरेन्स

  • +यसै ५:१९; २८:१५; २प ३:३, ४

अरू

इज. १२:२यसै ६:९, १०; यर्मि ५:२१; रोमी ११:८
इज. १२:२इज २:३, ५
इज. १२:४२इ ३६:२०; यर्मि ५२:१०, ११
इज. १२:५२रा २५:४
इज. १२:६यसै ८:१८; इज ४:३; २४:२४
इज. १२:१०यर्मि २१:७; इज २१:२५
इज. १२:११इज २४:२४
इज. १२:११यर्मि ५२:१५
इज. १२:१२२रा २५:४; यर्मि ३९:४
इज. १२:१३यर्मि ५२:९; इज १७:२०, २१
इज. १२:१३२रा २५:६, ७; यर्मि ३४:३; ५२:११; इज १७:१६
इज. १२:१४२रा २५:५
इज. १२:१४लेवी २६:३३; यर्मि ४२:१५, १६
इज. १२:१८लेवी २६:२६
इज. १२:१९भज १०७:३३, ३४; यर्मि ६:७
इज. १२:१९यसै ६:११; जक ७:१४
इज. १२:२०यसै ६४:१०; यर्मि २५:९
इज. १२:२०इज ६:१३
इज. १२:२२यसै ५:१९; आमो ६:३; २प ३:३, ४
इज. १२:२३योए २:१; सप १:१४
इज. १२:२४यर्मि १४:१४; वि २:१४; इज १३:२३
इज. १२:२५वि २:१७; जक १:६
इज. १२:२५यर्मि १६:९; हब १:५
इज. १२:२७यसै ५:१९; २८:१५; २प ३:३, ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १२:१-२८

इजकिएल

१२ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, तिमी विद्रोही घरानाका मानिसहरूबीच बस्दै छौ। तिनीहरूको आँखा त छ तर देख्दैनन्‌; कान त छ तर सुन्दैनन्‌।+ किनभने तिनीहरू विद्रोही घराना हुन्‌।+ ३ हे मानिसको छोरा, निर्वासनमा जानको लागि सामान पोको पार। अनि दिउँसो तिनीहरूले हेरिरहेको बेला निर्वासनमा जाऊ। तिनीहरूले हेरिरहेकै बेला घरबाट निस्क र अर्को ठाउँमा जाऊ। तिनीहरू विद्रोही घराना भए पनि सायद तिनीहरूले बुझ्लान्‌ कि? ४ दिउँसो तिनीहरूले हेरिरहेकै बेला तिम्रो पोको बाहिर ल्याऊ अनि साँझ तिनीहरूले हेरिरहेकै बेला निर्वासित हुन लागेझैँ गरी निस्क।+

५ “तिनीहरूले हेरिरहेकै बेला भित्तामा प्वाल पार र त्यहीँबाट आफ्नो पोको बाहिर निकाल।+ ६ अँध्यारो भएपछि तिनीहरूले हेरिरहेकै बेला पोको काँधमा बोकेर निस्क। अनि भुईँ नदेख्नेगरि आफ्नो अनुहार छोप। किनभने इस्राएलको घरानाको निम्ति म तिमीलाई एउटा चिन्ह बनाउँदै छु।”+

७ मलाई आज्ञा गरिएअनुसारै मैले सबै गरेँ। निर्वासनमा जान लागेझैँ गरी मैले दिउँसो आफ्नो पोको बाहिर ल्याएँ र साँझ भित्तामा हातैले प्वाल पारेँ। अनि अँध्यारो भएपछि तिनीहरूकै अगाडि पोको काँधमा राखेर निस्किएँ।

८ बिहान यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: ९ “हे मानिसको छोरा, इस्राएलको घराना, त्यो विद्रोही जातिले तिमीलाई ‘यो के तमासा गरेको’ भनेर सोधेन? १० तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “यो यरुसलेमका कुलनायक+ र सहरमा भएको इस्राएलको घरानालाई मैले दिन लागेको दण्डको घोषणा हो।”’

११ “तिनीहरूलाई यसो भन, ‘म तिमीहरूको लागि चिन्ह हुँ।+ मैले जे-जे गरेँ, तिनीहरूलाई पनि त्यही गरिनेछ। तिनीहरू निर्वासनमा लगिनेछन्‌।+ १२ तिनीहरूका कुलनायक आफ्नो पोको काँधमा बोकेर अँध्यारोमा निस्कनेछन्‌। तिनले सहरको पर्खालमा प्वाल पार्नेछन्‌ र आफ्नो पोको बोकेर त्यहाँबाट निस्कनेछन्‌।+ भुईँ नदेख्नेगरि तिनले आफ्नो अनुहार छोप्नेछन्‌।’ १३ म तिनीमाथि आफ्नो जाल हान्‍नेछु र तिनी मेरो जालमा पर्नेछन्‌।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन्‌ र त्यहीँ तिनी मर्नेछन्‌।+ १४ तिनका सबै सहयोगी र तिनको सेना, जो तिनको वरपर रहन्छन्‌, तिनीहरू सबैलाई म चारैतिर तितरबितर पारिदिनेछु+ र म तरबार थुतेर तिनीहरूलाई खेद्‌नेछु।+ १५ तिनीहरूलाई अरू जातिबीच र देश-देशमा तितरबितर पारेपछि म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌। १६ तर म तिनीहरूमध्ये केहीलाई भने तरबार, अनिकाल र महामारीबाट उम्कन दिनेछु र तिनीहरूले आफू जहाँ गए पनि मानिसहरूलाई आफूले गरेका सबै घृणित कामबारे बताउनेछन्‌। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।”

१७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १८ “हे मानिसको छोरा, थरथर काँप्दै रोटी खाऊ; चिन्तित र व्याकुल हुँदै पानी पिऊ।+ १९ अनि देशवासीहरूलाई यसो भन, ‘इस्राएलको यरुसलेममा बस्नेहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “त्यहाँका बासिन्दाहरू हिंस्रक भएकोले+ भूमि पूरै उजाड हुनेछ।+ त्यसैले तिनीहरूले व्याकुल हुँदै रोटी खानेछन्‌ र डरैडरमा पानी पिउनेछन्‌। २० मानिसहरूले भरिभराउ सहरहरू नाश हुनेछन्‌ र देश उजाड हुनेछ।+ तब तिमीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछौ।”’”+

२१ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २२ “हे मानिसको छोरा, इस्राएलमा चल्दै आएको यो उखान के हो: ‘दिनहरू बित्दै जान्छन्‌ तर एउटा पनि दर्शन* पूरा हुँदैन’?+ २३ त्यसैले तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म यो उखानको अन्त गरिदिनेछु र इस्राएलमा फेरि कहिल्यै यो उखान चलाइनेछैन।”’ तर तिनीहरूलाई यसो भन, ‘दिन नजिकै छ+ र एक-एक दर्शन पूरा हुनेछ।’ २४ त्यसपछि इस्राएलको घरानामा कसैले पनि झूटा दर्शन देख्नेछैन र जोखना हेरेर फुस्लाउने* कुरा गर्नेछैन।+ २५ ‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: “किनकि म यहोवा तिमीहरूसित बोल्नेछु। मेरो मुखबाट निस्कने वचनले बियाँलो गर्नेछैन।+ ए विद्रोही घरानाका मानिसहरू, मैले जे बोलेँ, तिमीहरूकै जीवनकालमा+ त्यो पूरा पनि गर्नेछु।”’”

२६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २७ “हे मानिसको छोरा, इस्राएलका मानिसहरू* यसो भन्दै छन्‌, ‘त्यसले देखेको दर्शन धेरै पछि मात्र पूरा हुन्छ; त्यसले गरेको भविष्यवाणी पूरा हुने कहिले हो कहिले!’+ २८ त्यसैले तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “‘मेरो हरेक वचन समयमै पूरा हुनेछ; मैले बोलेको कुरा अवश्‍य पुग्नेछ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने