प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • ढोकेहरूका दलहरू (१-१९)

      • भण्डारको रेखदेख गर्नेहरू र अरू अफिसर (२०-३२)

१ इतिहास २६:१

मार्जिनल रेफरेन्स

  • +१इ ९:२, २२; २इ २३:१६, १९
  • +१इ २६:१४, १९

१ इतिहास २६:९

मार्जिनल रेफरेन्स

  • +१इ २६:१४, १९

१ इतिहास २६:१३

मार्जिनल रेफरेन्स

  • +हित १६:३३

१ इतिहास २६:१५

मार्जिनल रेफरेन्स

  • +१इ २६:४, ५

१ इतिहास २६:१६

मार्जिनल रेफरेन्स

  • +१इ २६:१०, ११

१ इतिहास २६:१७

मार्जिनल रेफरेन्स

  • +१इ २६:१५

१ इतिहास २६:१८

मार्जिनल रेफरेन्स

  • +१इ २६:१६

१ इतिहास २६:२०

फुटनोट

  • *

    वा “अर्पण गरिएका।”

मार्जिनल रेफरेन्स

  • +१रा ७:५१; १४:२५, २६; १इ ९:२६; १८:१०, ११

१ इतिहास २६:२१

मार्जिनल रेफरेन्स

  • +१इ २९:८

१ इतिहास २६:२२

मार्जिनल रेफरेन्स

  • +१रा १५:१८

१ इतिहास २६:२३

मार्जिनल रेफरेन्स

  • +गन ३:२७

१ इतिहास २६:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:३, ४
  • +१इ २३:१७

१ इतिहास २६:२६

मार्जिनल रेफरेन्स

  • +गन ३१:५०; १इ १८:१०, ११
  • +१इ २९:३, ४
  • +१इ २९:६, ७

१ इतिहास २६:२७

मार्जिनल रेफरेन्स

  • +गन ३१:२८; यहो ६:१९

१ इतिहास २६:२८

फुटनोट

  • *

    वा “दर्शन देख्ने व्यक्‍ति।”

  • *

    पद २५ र २६ मा उनलाई “सेलोमोथ” पनि भनिएको छ।

मार्जिनल रेफरेन्स

  • +१स ९:९
  • +१स १४:५०
  • +२स २:१८
  • +२स २०:२३

१ इतिहास २६:२९

मार्जिनल रेफरेन्स

  • +१इ २३:१२
  • +व्य १७:९; २इ १९:८

१ इतिहास २६:३०

मार्जिनल रेफरेन्स

  • +१इ २३:१२

१ इतिहास २६:३१

मार्जिनल रेफरेन्स

  • +१इ २३:१९
  • +१इ २९:२६, २७
  • +यहो १३:२४, २५; २१:८, ३९

अरू

१ इति. २६:११इ ९:२, २२; २इ २३:१६, १९
१ इति. २६:११इ २६:१४, १९
१ इति. २६:९१इ २६:१४, १९
१ इति. २६:१३हित १६:३३
१ इति. २६:१५१इ २६:४, ५
१ इति. २६:१६१इ २६:१०, ११
१ इति. २६:१७१इ २६:१५
१ इति. २६:१८१इ २६:१६
१ इति. २६:२०१रा ७:५१; १४:२५, २६; १इ ९:२६; १८:१०, ११
१ इति. २६:२११इ २९:८
१ इति. २६:२२१रा १५:१८
१ इति. २६:२३गन ३:२७
१ इति. २६:२५प्रस्थ १८:३, ४
१ इति. २६:२५१इ २३:१७
१ इति. २६:२६गन ३१:५०; १इ १८:१०, ११
१ इति. २६:२६१इ २९:३, ४
१ इति. २६:२६१इ २९:६, ७
१ इति. २६:२७गन ३१:२८; यहो ६:१९
१ इति. २६:२८१स ९:९
१ इति. २६:२८१स १४:५०
१ इति. २६:२८२स २:१८
१ इति. २६:२८२स २०:२३
१ इति. २६:२९१इ २३:१२
१ इति. २६:२९व्य १७:९; २इ १९:८
१ इति. २६:३०१इ २३:१२
१ इति. २६:३११इ २३:१९
१ इति. २६:३११इ २९:२६, २७
१ इति. २६:३१यहो १३:२४, २५; २१:८, ३९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २६:१-३२

पहिलो इतिहास

२६ ढोकेहरूका दलहरू यी थिए:+ कोरहका सन्तानबाट कोरेका छोरा मेसेलेम्याह।+ कोरे आसापका छोराहरूमध्ये एक थिए। २ अनि मेसेलेम्याहका छोराहरू यी थिए: जेठा जकरिया, माहिला यदिएल, साहिँला जबदियाह, काहिँला यात्निएल, ३ ठाहिँला एलाम, अन्तरे यहोहानान र कान्छा एलिहो-एनै। ४ ओबेद-एदोमका छोराहरू यी थिए: जेठा सेमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, ठाहिँला नेथनेल, ५ अन्तरे अम्मिएल, जन्तरे इस्साकार र कान्छा पुल्लथै। परमेश्‍वरको आशिष्‌ले तिनका यी छोराहरू जन्मिएका थिए।

६ ओबेद-एदोमका छोरा सेमायाहका छोराहरू वीर र योग्य पुरुषहरू थिए। त्यसैले तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू भए। ७ सेमायाहका छोराहरू यी थिए: ओथ्नि, रफाएल, ओबेद र एल्जाबाद; तिनका भाइहरू एलिहु र सिमक्याह पनि योग्य पुरुषहरू थिए। ८ तिनीहरू सबै ओबेद-एदोमका सन्तान थिए। तिनीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका दाजुभाइ परमेश्‍वरको सेवाको लागि योग्य र सक्षम पुरुषहरू थिए। ओबेद-एदोमको घरानाबाट जम्मा ६२ जना थिए। ९ मेसेलेम्याहका+ छोराहरू र दाजुभाइ जम्मा १८ जना थिए। तिनीहरू सबै योग्य पुरुष थिए। १० मरारिका छोराहरूमध्ये एक होसाका छोराहरू यी थिए: प्रमुख सिम्रि, तिनी पहिलो सन्तान नभए तापनि तिनका बुबाले तिनलाई नै प्रमुख बनाए; ११ दोस्रो हिल्कियाह, तेस्रो तबलियाह र चौथो जकरिया। होसाका सबै छोरा र दाजुभाइ जम्मा १३ जना थिए।

१२ यहोवा परमेश्‍वरको भवनमा सेवा गर्ने सन्दर्भमा ढोकेहरूका यी दलहरूका नाइकेहरूले पनि आफ्ना दाजुभाइले जस्तै जिम्मेवारी पाएका थिए। १३ त्यसैले चाहे तिनीहरूको बुबापट्टिको घराना सानो होस्‌ वा ठूलो, तिनीहरू सबैले गोला हालेर+ अलग-अलग मूलढोकाको लागि जिम्मेवारी बाँडफाँड गरे। १४ पूर्वपट्टिको मूलढोकाको लागि हालिएको गोला सेलेम्याहको नाममा पऱ्‍यो। त्यसपछि तिनीहरूले सेलेम्याहका छोरा जकरियाको नाममा गोला हाले र तिनलाई उत्तरपट्टिको मूलढोका पऱ्‍यो। जकरिया बुद्धिमान्‌ सल्लाहकार थिए। १५ ओबेद-एदोमलाई दक्षिणपट्टिको मूलढोका पऱ्‍यो र तिनका छोराहरूलाई+ भण्डारहरूको निगरानी गर्ने जिम्मा दिइयो। १६ सुप्पिम र होसालाई+ पश्‍चिमपट्टिको मूलढोका पऱ्‍यो। यो मूलढोका मूलबाटोको छेवैमा भएको सल्लेकेथ-ढोकानजिकै पर्छ। ढोकेहरूको हरेक दललाई अर्को दलको नजिकै खटाइयो। १७ पूर्वपट्टिको ढोकामा छ जना लेवीलाई खटाइयो। उत्तरपट्टिको ढोकामा र दक्षिणपट्टिको ढोकामा प्रत्येक दिन चार-चार जना लेवीलाई खटाइन्थ्यो। अनि भण्डारहरूको निगरानी गर्न दुई जना लेवीलाई र तिनीहरूको नजिकै अर्को दुई जना लेवीलाई खटाइयो।+ १८ पश्‍चिमपट्टिको दलानको लागि चार जनालाई मूलबाटोमा+ र दुई जनालाई दलानमा खटाइयो। १९ दल-दलमा छुट्ट्याइएका यी ढोकेहरू कोरह र मरारिका सन्तान थिए।

२० साँचो परमेश्‍वरको भवनको भण्डार र पवित्र पारिएका* सरसामानको भण्डारको निगरानी गर्ने जिम्मा लेवीहरूमध्ये अहियाहलाई दिइयो।+ २१ यहिएलि+ गेर्सोनको सन्तान लादानका छोराहरूमध्ये एक थिए; तिनी लादानका घरानामध्ये एउटा घरानाका नाइके थिए। २२ अनि यहिएलिका छोराहरू यी थिए: जेथाम र उनका भाइ योएल। तिनीहरूलाई यहोवा परमेश्‍वरको भवनको भण्डारको निगरानी गर्ने जिम्मा दिइएको थियो।+ २३ अम्राम, इजहार, हेब्रोन र उज्जिएलका सन्तानबाट:+ २४ मोसाका नाति गेर्सोमका छोरा सेबुएल भण्डारहरूको निगरानी गर्ने कामका अगुवा थिए। २५ तिनका दाजुभाइ, जो एलिएजरका+ सन्तान थिए, तिनीहरू यी थिए: एलिएजरका छोरा रहब्याह,+ रहब्याहका छोरा यसायाह, यसायाहका छोरा योराम, योरामका छोरा जिक्रि र जिक्रिका छोरा सेलोमोथ। २६ यिनै सेलोमोथ र यिनका दाजुभाइले पवित्र पारिएका सरसामान राखिने सबै भण्डारको निगरानी गर्ने जिम्मा पाएका थिए।+ ती सरसामानहरू राजा दाउद,+ बुबापट्टिको घरानाका नाइकेहरू,+ हजार-हजारका र सय-सयका नाइकेहरू अनि सेनापतिहरूले पवित्र पारेका थिए। २७ ती सरसामानहरू तिनीहरूले लडाइँबाट लुटेर ल्याएका थिए+ र यहोवा परमेश्‍वरको भवनको मर्मतसम्भार गर्न पवित्र पारेर राखेका थिए। २८ साथै दर्शी* समुएल,+ किसका छोरा साउल, नेरका छोरा अब्नेर+ र जेरुयाहका छोरा+ योआबले+ पवित्र पारेका सबै सरसामानको निगरानी पनि सेलोमिथ* र उनका दाजुभाइले नै गर्थे। पवित्र पारिएका हरेक सामानको निगरानी गर्ने जिम्मा उनीहरूकै थियो।

२९ इजहारको+ सन्तानबाट केनन्याह र तिनका छोराहरूलाई परमेश्‍वरको भवनको बाहिर प्रशासनसम्बन्धी जिम्मेवारी दिइयो। तिनीहरू इस्राएलमा अफिसर र न्यायकर्ताको+ रूपमा काम गर्थे।

३० हेब्रोनको+ सन्तानबाट हासबियाह र तिनका दाजुभाइ—जम्मा १ हजार ७ सय योग्य पुरुषलाई इस्राएलमा यर्दनको पश्‍चिमी इलाकामा प्रशासनको काम सम्हाल्ने जिम्मा दिइयो। यहोवा परमेश्‍वरको सेवामा र राजाको सेवामा तिनीहरूले पाएको जिम्मेवारी यही थियो। ३१ हेब्रोनको सन्तानका घरानाहरूको वंशावलीअनुसार यरियाह+ उनीहरूका नाइके थिए। दाउदको शासनकालको ४० औँ वर्षमा+ हेब्रोनको सन्तानमाझ वीर र योग्य पुरुषहरूको खोजी गरियो र त्यस्ता पुरुषहरू गिलादको याजेरमा पाइए।+ ३२ यरियाहका दाजुभाइ २ हजार ७ सय जना थिए। तिनीहरू सबै योग्य पुरुष थिए र आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू थिए। त्यसैले तिनीहरूले साँचो परमेश्‍वर र राजाको सेवासित सम्बन्धित हरेक मामिला सम्हालून्‌ भनेर राजा दाउदले तिनीहरूलाई रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलमाथि नियुक्‍त गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने