’मेरो छोराको ज्यान कसरी जोगियो’
प्रहरीधरहरा र त्यसको सह–पत्रिका, ब्यूँझनुहोस्! मा पढेकी कुराले गर्दा आफ्नो छोराको ज्यान जोगियो भनी स.रा.अ, क्यालिफोर्नियाकी एउटी आमाले बताईन्। उनले यसप्रकार लेखिन्:
“मेरो छोरा (चार वर्ष) र मलाई बन्दुक तेर्साई अपहरण गरेर मेरो बैंकमा जबरजस्ती लगिएका थियौं। अपहरणकारीले मेरो पैसा लुट्यो तर आफ्नो छोरालाई तिनीहरूबाट तानेर भाग्न सफल भएँ। वास्तवमा छोरा र मेरो ज्यान जोगिनुको कारण ती मूल्यवान पत्रिकाहरूमा प्रकाशित बाइबलका व्यवहारिक सुझावहरूले गर्दा हो जस्तो लाग्छ।”
आमाले अझै बताइन्: “यसप्रकारको डरलाग्दा परिस्थिति सामना गर्दा शान्त भएर कसरी बस्ने भनी ब्यूँझनुहोस्! पत्रिकामा मैले पहिले नै पढिसकेकी थिएँ। शान्त हुन मदतको लागि तुरुन्तै यहोवा परमेश्वरलाई प्रार्थना गरें। बाइबलका पदहरू उद्धरण गरेर मैले अपहरणकारीलाई पनि शान्त पार्न सकें।”
दुःखै दुःखले भरिएको यस संसारबारे बाइबलमा भविष्यवाणी गरिएको थियो भनी देखाउनु प्रहरीधरहरा र ब्यूँझनुहोस्! को उद्देश्य हो। आजको तनावपूर्ण परिस्थिति सामना गर्न यसले मानिसहरूलाई मदत पनि प्रदान गर्छ। तर यति मात्रै होइन। ती पत्रिकाहरूले एकमात्र स्थायी समाधानलाई प्रकाश पार्छ। त्यो हो, येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्वरको राज्य। (मत्ती ६:९, १०) नियमित तवरमा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पढ्नुभएर तपाईंले अवश्य लाभ उठाउन सक्नुहुन्छ।
तपाईंको घरमा हुलाकद्वारा प्रहरीधरहरा र ब्यूँझनुहोस्! का प्रतिहरू आएको चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये सुविधाजनक ठेगानामा पत्राचार गर्नुहोस्।