पृथ्वी ग्रहको लागि अद्भुत भविष्य
“छ सय वर्षमा अहिले जति पृथ्वीमा पहिले कहिल्यै यति बिघ्न गर्मी बढेको थिएन भनी अनुसन्धानले देखाउँछ,” टोरोन्टो ग्लोब एण्ड मेल रिपोर्ट गर्छ। सन् १९९५ मा लू चल्नाले मध्य अमेरिका, शिकागोमा ५०० भन्दा धेरैले ज्यान गुमाए। यस्तै अवस्था भारत र अस्ट्रेलियामा पनि छ भने बेलाइतले पनि “२०० वर्षमा तेस्रो सुख्खा गृष्म ऋतुको प्रकोप भोगिरहेको छ।”
यसो हुनुको कारण के हो? क्यानाडास्थित संघीय वातावरण विभागका हावापानी विशेषज्ञ हेनरी हेन्जभेल्डले यसो भने: “विश्वको हावापानी यस्तो हुनुको टड्कारो कारक तत्त्व मानव प्रभाव हो भनेर अधिकांश प्रमाणहरूले पुष्टि दिन्छन्।” ग्लोब एण्ड मेल-को प्रतिवेदनअनुसार “कम्प्युटरमा देखाइएको पृथ्वी तातिएर हुने प्रभावहरूसित यो असामान्य जलवायु मेल खान्छ। पृथ्वी तातिनुको प्रमुख कारण जैविक इन्धनहरू बल्नु हो भन्ने सोचाइ राखिएको छ।”
वैज्ञानिकहरूमाझ विद्यमान हरितकण गृह प्रभाव अझै पनि विवादास्पद विषय भएको छ। तथापि, द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले गरेको अवलोकन यसप्रकार छ: “मानवजातिले वायुमण्डलको वातावरण बुझ्नुभन्दा द्रुत गतिमा त्यसको दुरुपयोग गरिरहेको छ।”
खुशीको कुरा, बाइबलले पृथ्वी “सदा सर्वदै रहिरहन्छ” भन्छ। (उपदेशक १:४) किनकि सृष्टिकर्ता, यहोवा परमेश्वरले मानिस वा कुनै पनि प्राकृतिक शक्तिलाई पृथ्वी नाश गर्न दिनुहुनेछैन। बरु, उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ।—प्रकाश ११:१७, १८.
यसबाहेक, हाम्रो पृथ्वी ग्रह र सम्पूर्ण मानिसजातिको लागि यहोवा परमेश्वरले आश्चर्यजनक भविष्य संगालेर राख्नुभएको छ भन्ने आश्वासन बाइबलले दिन्छ। “धर्मीहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” पृथ्वीको भविष्य मानिसको होइन परमेश्वरको हातमा छ भनेर थाह पाउनु कति खुशीको कुरा हो!—भजन ३७:११; ७२:१६; यशैया ६५:१७-२५; २ पत्रुस ३:१३.
ब्यूँझनुहोस्!-का अझ अन्य अंकहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको क्षेत्रमा बस्ने यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् वा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये नजीक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्।