प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ३/८ पृ. ३२
  • परिवार तथा मित्रहरूका लागि सान्त्वना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवार तथा मित्रहरूका लागि सान्त्वना
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ३/८ पृ. ३२

परिवार तथा मित्रहरूका लागि सान्त्वना

गत जुलाई १७ तारिखका दिन टी डब्लू ए उडान नं. ८०० आन्द्र महासागरमा विस्फोट हुँदा विमानमा यात्रा गरिरहेका सम्पूर्ण २३० जनाको मृत्यु भयो। मृतकहरूमा माध्यमिक विद्यालयका १६ जना फ्रान्सेली भाषाका विद्यार्थीहरूलगायत पाँच जना अभिभावकहरू पनि थिए। तिनीहरू लगभग ५,००० जनसंख्या भएको पेन्सिल्भेनियास्थित मान्टूर्जभिल शहरका निवासी थिए। अगस्त १७ तारिखका दिन उक्‍त शहरमा समवेदना प्रकट गर्न भेला भएका वक्‍ताहरूमध्ये एक न्यु योर्क शहरका प्रमुख रुडाल्फ जुलीआनी पनि थिए। त्यस दुर्घटनामा न्यु योर्क शहरका त्यति नै प्रतिशत मानिसहरू मारिएका भए ३५,००० जनाले ज्यान गुमाउने थिए भनेर तिनले टिप्पणी गरे।

माध्यमिक विद्यालयका प्रधानाध्यापक दान चान्लरलाई मृतक विद्यार्थीहरूको अन्त्येष्टिमा केही शब्दहरू व्यक्‍त गर्न निम्त्याइएको थियो। तिनले बाइबलको प्रकाश २१:४ मा लिपिबद्ध प्रतिज्ञा उद्धृत गरे। त्यहाँ परमेश्‍वरको नयाँ रीतिरिवाजमा “फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन” लेखिएको छ। यस्ता दुर्घटनाहरू हुनुको कारण “समय र अवसरलेनै” सबैलाई अधीनमा पारेकोले हो भन्दै तिनले उपदेशक ९:११ पनि उल्लेख गरे। माध्यमिक विद्यालयका प्रधानाध्यापकले यस्तो सान्त्वनादायी टिप्पणी गरेको सुनेर धेरै जना छक्क परे।

थप मदतका लागि चान्लरले विद्यालयको टेबलमा जब तपाईंको प्रियजनको मृत्यु हुन्छ (अंग्रेजी) शीर्षकको ३२ पृष्ठे पुस्तिका र के आशा छ मृत प्रिय जनहरूको निम्ति? जस्ता पर्चाहरू राखे। धेरैले ती बाइबल साहित्यहरू लगे र तिनमा भएका सान्त्वनादायी शब्दहरू पढ्‌न पाएकोमा कृतज्ञता व्यक्‍त गरे।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Courtesy of Williamsport Sun-Gazette

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Corey Sipkin/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने