बहुमूल्य पत्रिका
लन्डनकी एउटी नर्सले ब्यूँझनुहोस्!-का प्रकाशकहरूलाई पठाएकी टिप्पणी:
“म वृद्ध पुरुष तथा स्त्रीहरूको स्याहारसुसार गर्छु र त्यसैबारे एक दिन मेरी छिमेकी, जेकीसित कुरा गरिरहेकी थिएँ। त्यतिखेर तिनले मलाई यसो भनिन्, ‘मसित उहाँहरूले पढ्न रुचाउनुहुने पत्रिकाहरू छन्।’ अनि तिनले दिएकी पत्रिकाहरू मैले अफिसमा लगें र ती कफी टेबुलमा राखें। पछि फेरि अफिस जाँदा ती पत्रिकाहरू धेरैले पढेको पाएँ किनकि ती पल्टाउँदा पल्टाउँदा पुरानो देखिसकेका थिए।
“पछि मैले आफ्नो जागिर बदलें र अस्पतालमा काम गर्न थालें। त्यहाँ पनि प्रतीक्षालयमा मैले मेरी छिमेकीले दिएकी केही पत्रिकाहरू राखें। फेरि पनि ती पत्रिकाहरू धेरैले पढेको पाएँ। एक बिहानको कुरा हो, म एउटी वृद्धाको हातमा मलमपट्टी लगाइरहेकी थिएँ। र त्यतिखेर तिनका पतिले मलाई यसो भने: ‘तपाईंको प्रतीक्षालयमा राखिएका पत्रिकाहरू लैजान मिल्छ जस्तो लागेर त्यसको एउटा अति राम्रो लेख छोरालाई पढाउन लगेको थिएँ।’
“ती पत्रिकाहरूबाट मैले पनि फाइदा उठाएकी छु। नर्सिङ तालिम लिंदै गरेकोले शोधपत्र लेख्दा यी पत्रिकाहरूमा दिइएका जानकारीहरू निकै कामलाग्दो भएका छन्। त्यति मात्र कहाँ हो र, मैले प्राध्यापकहरूबाट स्याबासीसमेत पाएकी छु।
“मेरी छिमेकी जेकी यहोवाकी साक्षी हुन् र मैले ब्यूँझनुहोस्! पत्रिकाबारे बताइरहेकी हुँ। यो पत्रिकाले गर्दा मैले आफूबारे र मानिसजातिको भविष्यबारे धेरै कुराहरू बुझ्न सकेकी छु।”
यदि तपाईं ब्यूँझनुहोस्!-का आगामी अंकहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् अथवा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये नजीकैको ठेगानामा पत्राचार गर्नुहोस्।