प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ५/८ पृ. ३२
  • चरित्रवान्‌ जीवनको लागि शैक्षिक सहायक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चरित्रवान्‌ जीवनको लागि शैक्षिक सहायक
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ५/८ पृ. ३२

चरित्रवान्‌ जीवनको लागि शैक्षिक सहायक

अफ्रिका, जिम्बावेको न्याट्‌सीमी कलेजको शिक्षकले प्रस्तुत विषय “चरित्रवान्‌ जीवनको लागि शिक्षाबारे” टिप्पणी गरे। आफूले भोगेका पारिवारिक समस्याहरू तिनले बताए र ती समाधान गर्नको लागि तिनलाई मदत चाहिएको थियो भनेर स्वीकारे।

तिनले आफ्नो विवाहपछिको घटनाबारे यसरी वृत्तान्त सुनाए: “प्रायः हाम्रो समस्याहरू विवाह भएको तुरुन्तैपछि सुरु भयो र त्यसले हामीलाई नोभेम्बर १९८९ मा पारपाचुके गर्ने हदसम्म पुऱ्‍यायो।” त्यसबाहेक, अरू समस्याहरू पनि नभएका होइनन्‌। तिनले लेखे: “मेरो बुबाकी जेठी पत्नीको म जेठो छोरा हुँ। म शिक्षक प्रशिक्षण कार्यक्रमको दोस्रो वर्षमा हुँदा मेरो बुबाको मृत्यु भयो। त्यसपछि १६ जना भाइबहिनीहरूको देखभाल गर्ने जिम्मेवारी मेरो थाप्लोमा आइपऱ्‍यो।”

यहोवाका साक्षीहरूसितको बाइबल अध्ययनले यस स्कूल शिक्षकलाई आफ्ना पारिवारिक समस्याहरू सुल्झाउन मदत दियो। पत्नीसित तिनको पुनर्मिलन भयो र अहिले दुवै आनन्दित छन्‌। तिनले लेखे: “म र मेरी पत्नीले भोगेको तीतो अनुभवबाट के सिक्यौं भने, परमेश्‍वरबाट स्वतन्त्र भएर समस्याहरू सुल्झाउन गरिएका मानव प्रयासहरू व्यर्थ रहेछन्‌।” यद्यपि, तिनका विद्यार्थीहरूलाई समस्या सुल्झाउन मदत दिनेबारे के भन्‍न सकिन्छ?

तिनले लेखे, “युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अंग्रेजी) पुस्तकलाई उपयुक्‍त पाठ्यपुस्तकको रूपमा समावेश गर्न प्रधानाध्यापक र अरू शिक्षकहरूलाई मैले सुझाउ दिएँ। तिनीहरू सबै सहमत भए र स्कूलले मलाई यस पुस्तकको ५६ प्रति अर्डर गर्न लगायो र मैले ती स्कूलमा दिई पनि सकें।”

हामीलाई विश्‍वास छ, आकर्षक चित्रहरूसहितको यस ३२० पृष्ठे शैक्षिक सहायकबाट तपाईंले पनि भरपूर लाभ उठाउनुहुनेछ। तपाईं यसको प्रति वा निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58, Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने