प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १०/८ पृ. ३२
  • “उसले पढेको पहिलो पुस्तक”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उसले पढेको पहिलो पुस्तक”
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १०/८ पृ. ३२

“उसले पढेको पहिलो पुस्तक”

युक्रेनका यहोवाका साक्षीहरू रेल कुरिरहेका मानिसहरूसित अक्सर कुरा गर्छन्‌। त्यसै क्रममा बाइबलमा चासो देखाउने एक आइमाईलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक एक प्रति दिइयो। त्यो पुस्तकमा बाइबलको क्रमिक इतिहाससम्बन्धी थुप्रै चित्रहरू छन्‌।

पछि, त्यही स्टेशनमा त्यस आइमाईले उही साक्षीलाई फेरि भेटिन्‌ र यसो भन्दै त्यस पुस्तकको निम्ति धन्यवाद टक्राइन्‌: “मेरो छोरा पाठ्यपुस्तकहरू पढ्‌नै मान्दैन। उसले पढ्‌दै पढ्‌दैन भने पनि हुन्छ। तर मैले उसलाई बाइबलका कथाहरू पुस्तक दिंदा त्यसमा भएका चित्रहरू देखेर उसले पढ्‌न साह्रै मन गऱ्‍यो। उसले त्यो पुस्तक लगभग दुइ हप्तामा पढी सिध्यायो। उसले पढेको पहिलो पुस्तक यही थियो। तर त्योभन्दा पनि मुख्य कुरा, परमेश्‍वरबारे थाह पाएर ऊ रमायो। अनि म आफै पनि उसमा आएको त्यस्तो परिवर्तन देखेर दंग परिरहेकी छु। कृपया, अरू पनि त्यस्ता किताबहरू दिनुहोस्‌ न।”

तिनीहरूको छेउमा उभिरहेकी अर्की स्त्रीले तिनीहरूको वार्तालाप सुनिरहेकी थिइन्‌। तिनले पनि बाइबलका कथाहरू भएको मेरो पुस्तक एक प्रति पाउँछु कि भनी मागिन्‌। तपाईं पनि यो २५६ पृष्ठे पुस्तकको प्रति प्राप्त गर्न सक्नुहुन्छ वा Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये सुविधाजनक ठेगानामा पत्राचार गरेर बाइबल शिक्षाको महत्त्वबारे छलफल गर्न कसैलाई तपाईंको घरमा बोलाउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने