के सबै धर्मले परमेश्वरतिर डोऱ्याउँछ?
बाटो मात्र फरक फरक हुन्, सबै धर्महरूले पुऱ्याउने ठाउँ त एउटै हो भन्ने विश्वास करोडौं मानिसहरूको छ। त्यसैले होला, वास्तवमा हरेक धर्मका शिक्षा, रीति तथा देवीदेवताहरू उस्तै उस्तै छन्। जस्तै भारतको केरलास्थित हिन्दू पौराणिक कथाहरूमा आधारित आठौं शताब्दीको एउटा प्रतिमालाई विचार गर्नुहोस्।
उहिले उहिले धेरैजसो धर्महरूमा साँढेहरूको पूजा गरिन्थ्यो भन्ने कुरा उल्लेखनीय छ। उदाहरणका लागि, प्रथम शताब्दीका युनानी इतिहासकार डीयोडोरस सिकलसअनुसार अम्मोनी देव मोलेकको जीउ मानिसको तर टाउको भने साँढेको थियो।
संसारका थरी थरीका यति बिघ्न धर्महरूमा पनि उल्लेखनीय समानताहरू किन? के यी सबै धर्महरू एकै ठाउँबाट उत्थान भएका हुन्? के यी सबै एउटै ठाउँमा पुऱ्याउने फरक फरक बाटोहरू मात्र हुन् त? के परमेश्वरले यी सबै धर्महरूलाई ग्रहण गर्नुहोला?
संसारका प्रमुख धर्महरूको उत्थान र विकाससम्बन्धी उदेकलाग्दो विवरण दिने मानवजातिद्वारा परमेश्वरको खोज (अंग्रेजी) पुस्तकमा यस्ता प्रश्नहरूको जवाफ छन्। तपाईं यो पुस्तक प्राप्त गर्न चाहनुहुन्छ अथवा बाइबलले यस विषयमा के भन्छ, त्यसबारे कोही तपाईंको घरमा आएर बताएको चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।