प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ पृ. ३२
  • तिनको शंका उपशंका सबै हरायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनको शंका उपशंका सबै हरायो
  • ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ पृ. ३२

तिनको शंका उपशंका सबै हरायो

यहोवाका साक्षीहरूले जमैकाका क्यारेबियन टापुमा एक युवकलाई भेट्‌दा तिनलाई परमेश्‍वरको अस्तित्वबारे शंका थियो र बाइबल प्रेरित वचन हो भन्‍ने कुरालाई तिनले सरासर इन्कार गरे। तथापि, त्यति इच्छा नलागे तापनि तिनले बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (अंग्रेजी) पुस्तक लिए। पुनःभेटहरू गरियो तर आखिरमा तिनले नबोलाएसम्म फेरि नआउनु भने।

साक्षीहरू भन्छन्‌: “महिनौंपछि तिनले फोन गरेर थुप्रै प्रश्‍नहरू सोधे। तर तिनलाई बाइबलका जवाफहरूबारे अझै शंका थियो।”

केही समयपछि, उक्‍त जवान मानिसलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने किताब दिइयो र तिनीसित नियमित बाइबल अध्ययन सुरु गरियो। त्यसको केही समयपश्‍चात्‌ तिनले यस्तो टिप्पणी गरे: “यस्तो अध्ययनको आवश्‍यकता बल्ल अहिले पो बुझें।” आफूले सिकिरहेका कुराहरूबारे तिनी यति उत्साही भए कि हप्ताको दुई चोटि अध्ययन गर्न आग्रह गरे। चाँडै मसीही सभाहरू नियमित तवरले धाउन थाले।

बाइबल—परमेश्‍वरको वचन वा मानिसको? भन्‍ने पुस्तक पढेर र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ अध्ययन गरेर थुप्रै मानिसहरूको विश्‍वास बलियो भएको छ। तपाईं पनि यी पुस्तकहरूको प्रति वा गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएका तपाईंलाई नजिक पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

पुस्तकको आवरण बाइबल—परमेश्‍वरको वचन वा मानिसको?: तेस्रो शताब्दीको पपाइरस तथा एस्तरको हिब्रू पुस्तक: The Trustees of the Chester Beatty Library, Dublin; महान्‌ सिकन्दरको अर्धमूर्ति: Musei Capitolini, Roma

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने