प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ४/८ पृ. ३१
  • पानी र तपाईंको स्वास्थ्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पानी र तपाईंको स्वास्थ्य
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • सफा पानीको विश्‍वव्यापी अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • स्वच्छ पानी
    ब्यूँझनुहोस्‌!—२०२३
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ४/८ पृ. ३१

पानी र तपाईंको स्वास्थ्य

“तिर्खा लागेको भरमा तपाईंको शरीरलाई कत्तिको पानी चाहिन्छ भन्‍न सकिंदैन” भनी हेल्थ पत्रिका औंल्याउँछ। यद्यपि, हाम्रो शारीरिक तथा भावनात्मक सुस्वास्थ्य तथा बाह्‍य रूपको लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पसिना, आँसु, मूत्र तथा श्‍वासप्रश्‍वासद्वारा हाम्रो शरीरबाट पानी खेर गइरहेको हुन्छ। यसरी तरल पदार्थ जति खेर जान्छ, त्यसको क्षतिपूर्ति हुनु खाँचो छ। शरीरलाई कति पानी चाहिन्छ? धेरैजसो विशेषज्ञहरू दिनको कम्तीमा आठ गिलास अर्थात्‌ लगभग दुई लिटर पानी पिउने सुझाउ दिन्छन्‌।

किन त्यत्रो पानी? हाम्रो शरीरमा पोषक तत्त्वहरू ओसारपसार गर्न तथा अनावश्‍यक तत्त्वहरू निष्कासन गर्न पानी अत्यावश्‍यक छ। हाम्रो शरीरको तापक्रम नियन्त्रणमा राख्न तथा जोर्नी सुक्खा हुन नदिन पानी चाहिन्छ। “पानी अलिकता मात्र कम भयो भने पनि थकित महसुस हुन्छ वा बिरामी पर्नसक्छ” भनी हेल्थ टिप्पणी गर्छ। “विजलनले गर्दा पनि थकाइ लाग्नसक्छ भनेर कमैले मात्र विचार गरेका हुन्छन्‌।” उक्‍त पत्रिका यस्तो सुझाउ दिन्छ: “कफी, चिया, क्याफीनयुक्‍त हल्का पेय पदार्थ, मद्य पनि त पानी नै हो नि भन्‍ने भ्रममा नपर्नुहोस्‌; वास्तवमा तिनै कुराहरूले गर्दा विजलन भइरहेको हुन्छ।” क्याफीन तथा मद्यले मूत्रको परिमाण बढाउँछ, फलस्वरूप शरीरबाट पानी खेर जान्छ।

साथै, “छाला नरम र मुलायम बनाउन पानी चाहिन्छ।” यसो गर्न छालालाई नरम पार्ने क्रिम लगाउन पनि सकिन्छ। तर त्यसले नै नरम बनाउने होइन। बरु, त्यसले छालामा भएको नरमपनालाई जोगाउन सुरक्षात्मक पत्रको काम गर्छ। उमेर ढल्कँदै गएपछि यो नरमपना जोगाउनु झनै महत्त्वपूर्ण हुन्छ किनभने उमेर चढ्‌दै गएपछि छालाले पानी सञ्चय गर्न सक्दैन।

दुःखको कुरा, संसारको प्रायजस्तो भागमा शुद्ध अनि स्वच्छ पानी पाउन साह्रै गाह्रो छ। तर त्यसको लागि जे जति प्रयास गरिन्छ, त्यसको फल मीठो हुन्छ। पर्याप्त पानी अवश्‍य पिउनुहोस्‌ अनि अरूले हेर्दा तथा आफैलाई पनि फूर्तिलो महसुस हुने यो सरल तरिकाको पूर्ण सदुपयोग गर्नुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने