‘त्यसले हाम्रो दृष्टिकोणलाई फराकिलो बनाउँछ’
सोभियत संघको पूर्व गणतन्त्र किरगेस्तानस्थित काराकुल व्यवस्थापन संस्थानको विदेशी भाषा विभागका प्रमुखले यहोवाका साक्षीहरूका प्रकाशनहरूको तारिफ गरे। तिनले रूसस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई यस्तो पत्र लेखे:
“वर्तमान समयको सामाजिक तथा आर्थिक गोलमालको अवस्थामा तपाईंका पुस्तक तथा पुस्तिकाहरूले अंग्रेजी, जर्मन, रूसी, किर्गिज तथा तुर्की भाषाहरू सिकाउन निकै मदत गर्छन्। . . . व्यवसायिक अनुवाद गर्न सिकिरहेकाहरूले तपाईंका पुस्तिकाहरूको निकै माग गर्छन्। . . . जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिबाट?, पारिवारिक आनन्दको रहस्य र युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकका लागि धन्यवाद।
“हाम्रा विद्यार्थीहरूमध्ये थुप्रै यहोवाका साक्षीहरू छन्। तिनीहरू ब्यूँझनुहोस्!-का लेखहरू निकै चासो दिएर पढ्छन् र गृहकार्य गर्न पनि ती चलाउँछन्।”
उक्त लेखकले विशेषगरि ब्यूँझनुहोस्! पत्रिकाको तारिफ गरे: “रोचक तथा जानकारीमूलक लेखहरूको लागि धन्यवाद। . . . त्यसले हामीमा आशा जगाउँछ र हाम्रो दृष्टिकोणलाई फराकिलो बनाउँछ। हामी सबै जना ब्यूँझनुहोस्!-को ‘विश्वदर्शन’ पढ्न अति रुचाउँछौं।”
ब्यूँझनुहोस्! प्राप्त गर्न वा यहोवाका साक्षीहरू तपाईंकहाँ आएर बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने कृपया Praharidurg Prakashan Society, Plot A/35, Nr Industrial Estate, Nangargaon, Lonavla 410 401, Mah., India, वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।