प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १२/८ पृ. ३२
  • “ब्यूँझनुहोस्‌! एउटा उत्कृष्ट पत्रिका हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ब्यूँझनुहोस्‌! एउटा उत्कृष्ट पत्रिका हो”
  • ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १२/८ पृ. ३२

“ब्यूँझनुहोस्‌! एउटा उत्कृष्ट पत्रिका हो”

उक्‍त भनाइ नाइजेरिया भनिने अफ्रिकी देशको बेनिन शहरमा बस्ने, १६-वर्षीय मुसलमान केटोको हो। तिनले यहोवाका साक्षीहरूको नाईजेरिया शाखा कार्यालयमा यसरी चिठ्ठी लेखे:

“मैले मेरो साथीको घरमा ब्यूँझनुहोस्‌! पत्रिका भेट्टाएँ र त्यसका अरू नौवटा अंकहरू पनि मागेर ल्याएँ। मैले ती सबै पत्रिकाहरू एक पृष्ठ पनि नछोडी एकैदिनमा पढी सिध्याएँ। यसको सर्वश्रेष्ठता देखेर, यहोवालगायत ब्यूँझनुहोस्‌! पत्रिका प्रकाशित गर्न मदत पुऱ्‍याउने जति सबैको प्रशंसा नगरी बस्नै सकिनँ। म विशेष गरी पर्यावरणसम्बन्धी विषयलाई बाइबल र परमेश्‍वरसँग जोड्‌ने तपाईंहरूको तरकिब देखेर साह्रै प्रभावित भएको छु। नाईजेरियाली संरक्षण संस्थानको सदस्यको नाताले मेरो आफ्नै पर्यावरण (प्रकृति) सम्बन्धी पुस्तकालय बनाउने विचार गरिरहेको छु। साँच्चै, ब्यूँझनुहोस्‌! एउटा उत्कृष्ट पत्रिका रहेछ। यसैले प्रत्येक महिना ब्यूँझनुहोस्‌!-का दुई अंकहरू मैले कसरी प्राप्त गर्न सक्छु होला, कृपया बताइदिनुहोस्‌।”

यसअघि सायद तपाईंले ब्यूँझनुहोस्‌! पत्रिका पढ्‌नुभएको थिएन होला। यदि तपाईं अर्को प्रति चाहनुहुन्छ भने, कृपया Praharidurg Prakashan Society, Plot A/35, Nr Industrial Estate, Nangargaon, Lonavla 410 401, Mah., India वा ५ पृष्ठमा दिइएका तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा पत्राचार गर्नुहोस्‌। हामी तपाईंलाई थप प्रति पठाउन खुसी छौं, अथवा यदि तपाईं चाहनुहुन्छ भने हामी बाँचिरहेको समयको विशेषताबारे छलफल गर्न कसैलाई तपाईंको घरमा पठाउन सक्छौं।

□ मलाई ब्यूँझनुहोस्‌! को नयाँ अंक पठाईदिनुहोस्‌।

□ निःशुल्क गृह बाइबल अध्ययनको निम्ति कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

ग्लोब: Courtesy of Replogle Globes, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने