‘तपाईंको कामले कसरी समुदायलाई फाइदा पुऱ्याउँछ?’
यो प्रश्न भारतीय पत्रकार चन्द्रकान्त पटेलले न्यु योर्क, ब्रूकलिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयका एक सदस्यसँग गरेका थिए। श्रीमान् पटेलले मुख्यालय हेर्न आँउदा त्यहाँ उनले जे देखे र सुने त्यसबाट असाध्यै प्रभावित भए र भारत फर्केपछि उनले सोही कुरा गुजराती अखबारमा लेखे।
यहोवाका साक्षीहरू र भारतका चर्चहरू बीच भएको विश्वासको भिन्नतालाई औंल्याउँदै श्रीमान् पटेल यसरी लेख्छन्, यहोवाका साक्षीहरू सर्वशक्तिमान परमेश्वर, यहोवामा विश्वास गर्छन् जो चर्चमा सिकाइने त्रिएकको शिक्षाभन्दा फरक छ साथै तिनीहरू उपासनामा मूर्तिहरूको प्रयोग गर्दैनन्। यहोवाका साक्षीहरूले व्यभिचार, गर्भपात, घृणा, सँगी मानवहरूको हत्याबारे बाइबलमा दिइएको मसीही मूल्य मान्यताहरूलाई गम्भीरतापूर्वक लिने हुँदा तिनीहरूको उच्च सिद्धान्तहरू छन् भनी उक्त पत्रकारले लेखे। यहोवाका साक्षीहरू शान्तिप्रिय, प्रेमी, सहनशील र कर्तव्यनिष्ठ साथै बाइबलको सन्देश अरूलाई बाँड्न निडर र जोसिला हुन्छन्।
‘तपाईंको कामले कसरी समुदायलाई फाइदा पुऱ्याउँछ’ प्रश्नको उक्त भारतीय पत्रकारले के जवाफ पाए? उनले यसरी लेखे: ‘बाइबल शिक्षाले जीवनको हरेक क्षेत्रमा फाइदा पुऱ्याउँछ।’ श्रीमान् पटेल विशेष गरी स्वास्थ्य तथा रोजगारसम्बन्धी जानकारी लिन उत्सुक थिए। त्यससम्बन्धी जानकारी पाएपछि उनले भने: ‘यदि मानिसहरूले तमाखु र लागू पदार्थजस्ता हानिकारक कुराहरू सेवन नगरेर आफूलाई सफा राख्ने धर्मशास्त्रीय सल्लाहअनुरूप चले अनेकन रोगहरूबाट बच्न सक्छन्। साथै मेहनती, सफा र इमान्दार व्यक्तिहरूले रोजगार पाउने सम्भावना पनि बढी छ। त्यसबाहेक मायालु र प्रेमपूर्ण ढंगमा समस्याहरूको समाधान गर्दा सबैसँग राम्रो सम्बन्ध कायम हुन्छ। यसैकारण बाइबलले जे भन्छ सोही कुरा मानिसहरूलाई बताउँदा समुदायले नै फायदा उठाउँछ।’
यस पत्रकारले यहोवाका साक्षीहरूको मुख्यालयमा बाइबलका शिक्षाहरू व्यवहारमा उतारेको प्रत्यक्ष देखे। आध्यात्मिक क्रियाकलापको केन्द्रमा कार्यरत समर्पित स्वयंसेवकहरूको सफाई र हँसिलो मुहारको उनको लेखले प्रशंसा गरेको छ। बाइबलको शिक्षाहरूबाट कसरी फाइदा उठाउन सकिन्छ भनी तपाईंलाई बताउन यहोवाका साक्षीहरू खुसी हुनेछन्।
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
अखबारको पछाडिपट्टि: Courtesy Naya Padkar, Gujarati Daily published from Anand, India