प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १२/८ पृ. २६-२७
  • के तपाईंको घर सुरक्षित छ?—जाँच्नुपर्ने २० वटा बुँदाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको घर सुरक्षित छ?—जाँच्नुपर्ने २० वटा बुँदाहरू
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो छोराछोरीलाई दुर्घटनाबाट जोगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—१९९९
  • भान्छाघर रमाइलो हुनसक्छ
    ब्यूँझनुहोस्‌!—१९९७
  • घर सफा राख्न—हामी सबैले पुऱ्‍याउन सक्ने योगदान
    ब्यूँझनुहोस्‌!—२००५
  • कार्बन मोनोअक्साइड—मौन हत्यारा
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १२/८ पृ. २६-२७

के तपाईंको घर सुरक्षित छ?—जाँच्नुपर्ने २० वटा बुँदाहरू

“घरभन्दा प्यारो ठाउँ अरू के होला र!” सायद तपाईं दिनभर व्यस्त रहेर घर फर्कनुहुँदा सुरक्षित अनि ढुक्क महसुस गर्दै आनन्दको लामो सास फेर्नुहुन्छ। तर के तपाईं साँच्चै सुरक्षित हुनुहुन्छ? दुःखको कुरा, केही मानिसहरूले सोच्दै नसोचेका गम्भीर खतराहरू घरमा पनि हुनसक्छन्‌। विशेष गरी साना नानीहरू भएका घरहरूमा हुनसक्ने दुर्घटनाहरू कम गर्न उपयुक्‍त सावधानीहरू अपनाउनुपर्छ। निम्नलिखित सूची प्रयोग गर्दै तपाईंले आफ्नो घरको निरीक्षण गर्दै परिवर्तनहरू गर्नु खाँचो छ कि भनेर हेर्नुभए कसो होला?

✔ बिरुवाहरू। तपाईंका साना नानीहरू छन्‌ भने घरमा कुनै प्रकारको विषालु विरुवाहरू नराख्नुहोस्‌। यी भान्टाङ भुन्टुङहरूले जे पनि मुखमा हाल्छन्‌ भनेर पनि नबिर्सनुहोस्‌।

✔ पर्दाहरू। पर्दा झुन्ड्याउने स्प्रिंग वा डोरीहरू केटाकेटीहरूले नभ्याउने गरी राख्नुहोस्‌। ती तपाईंका साना नानीहरूको खुट्टामा अल्झन र त्यसले घाँटी निमोठ्‌न पनि सक्छ।

✔ घर्रा तथा दराजहरू। सुरक्षात्मक छेस्किनीहरू जडान गर्नुहोस्‌। यसो गर्दा तपाईंका नानीहरूले तीखा हतियारहरू र सरसफाइसम्बन्धी हानिकारक चीजबीजहरू हात पार्न सक्दैनन्‌।

✔ भऱ्‍याङ। भऱ्‍याङको बाटो उज्यालो छ? के भऱ्‍याङमा तीन थुप्रो मालसामानहरू थुपारिएको छ? तपाईंका लालाबालाहरू नखसून्‌ भनेर बार राख्नुभएको छ?

✔ स्टोभ। विशेष गरी खाना पकाउँदा चियादानी तथा ताप्केहरूको बिंड स्टोभको भित्रतिर फर्काएर राख्नुहोस्‌।

✔ प्रेसर कुकर। यसलाई हरेकपल्ट प्रयोग गरिसकेपछि सफा गर्नुहोस्‌। यसको गट्टा ठीक छ कि छैन, पक्का गर्नुहोस्‌।

✔ आगो निभाउने। घरमा कमसेकम आगो निभाउने साधन राख्नुहोस्‌ र अलि बुझ्ने भइसकेकाहरूलाई त्यो कसरी चलाउनुपर्ने हो थाह छ कि छैन, यकिन गर्नुहोस्‌।

✔ कोक्रो। काठहरू कसेर बाँध्नुपर्छ। कपडा वरपर टाउकै छिर्ने प्वाल हुनुहुँदैन, अन्यथा बच्चाको टाउको अड्‌किन सक्छ।

✔ झ्याल। झ्यालमा बारहरू राख्दा केटाकेटीहरू खस्दैनन्‌ र आगलागी भएको खण्डमा वयस्कले त्यसलाई सजिलै निकाल्नसक्छन्‌।

✔ भिटामिन तथा औषधीहरू। यी चीजहरू ताला लगाएर एउटा दराजमा वा केटाकेटीहरूले नभ्याउने ठाउँमा राख्नुहोस्‌।

✔ बाथटब। कहिल्यै साना नानीहरूलाई टब वा पानी भरिएको बाल्टिनको छेउछाउतिर एक्लै नछोड्‌नुहोस्‌।

✔ माइक्रोवेभ। यसमा खाना तुरुन्तै तात्छ भनेर नबिर्सनुहोस्‌। जस्तै बच्चाको दूधदानी अलि अलि तातो जस्तो होला, तर भित्रको दूध भने जिब्रै डामिने गरी तातिसकेको हुनसक्छ।

✔ विद्युतीय ओभन। तपाईंको ओभन समय समयमा जाँच्नुहोस्‌। कामचलाउ तरिकाले तार जडान गर्नु खतरनाक हुनसक्छ।

✔ ग्याँस स्टोभका ग्रीलहरू। यी ग्रीलहरू तातो भएको बेला केटाकेटीहरूलाई नजिक आउन नदिनुहोस्‌।

✔ ग्यारेजको ढोका। केटाकेटीहरूलाई ग्यारेजको ढोका खुल्दै गरेको बेला त्यहाँ नदगुर्ने निर्देशन दिनुहोस्‌। अझ विशेष गरी यी ढोकाहरू विद्युतीय उपकरणबाट खुल्ने र बन्द हुने गर्छ भने झनै होस गर्नुपर्छ।

✔ धुवाँ सूचकहरू। यिनीहरूलाई सफा राख्नुहोस्‌ र नियमित परीक्षण गर्नुहोस्‌। हरेक वर्ष ब्याट्रीहरू फेर्नुहोस्‌।

✔ विद्युतीय तार तथा प्लगहरू। खिइएका तारहरू चलाउँदै नचलाउनुहोस्‌। अनि प्रयोग नगरिने प्लगहरू छोप्ने वा प्वाल बन्द गर्ने गर्नुभए बेस हुनेछ।

✔ विद्युतीय उपकरणहरू। यस्ता उपकरणहरू टब वा सिंक नजिकै नराख्नुहोस्‌। ग्राउण्ड फल्ट सर्किट इन्टरप्टरले करेन्ट लाग्नबाट बचाउनसक्छ।

✔ खेलौना थन्काउने बाकसहरू। यी बाकसहरूमा कम्तीमा एउटा वा त्योभन्दा धेरै प्वालहरू र कब्जाहरू राखेर बनाउनुहोस्‌। यसो गर्दा त्यसको ढकनी अचानक खस्न पाउँदैन।

✔ आइरन। तपाईंको आइरन तथा तारहरू तन्द्रङ्‌ग नझुन्ड्याई केटाकेटीहरूले नभ्याउने ठाउँमा राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने