प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ३/८ पृ. ३२
  • मानिसहरूलाई साँचो आशा दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरूलाई साँचो आशा दिने
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 ३/८ पृ. ३२

मानिसहरूलाई साँचो आशा दिने

अक्टोबर ८, १९९८ अंकको ब्यूँझनुहोस्‌!-मा “आजका युवाहरूका लागि के आशा छ?” भन्‍ने आवरण लेखहरू प्रकाशित भएका थिए। उक्‍त लेखहरूको मूल्यांकन जाहेर गर्दै पहिलेको सोभियत संघको मोल्डोभाका १७ वर्षीय जवानले यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई पत्र लेखे। उक्‍त लेखक लेख्छन्‌:

“मैले बडो मुस्किलले आँसु थामेर तपाईंहरूलाई धन्यवाद दिन यो पत्र लेख्दैछु। केही समयअघि मेरो मनमा पलाएका भावनाहरू यी लेखहरूले स्मरण गरायो। आत्महत्या गर्नै लाग्दा मलाई यहोवाका साक्षीहरूले बचाए। तर उनीहरूले यो कुरा थाहै पाएनन्‌। उनीहरूसित भविष्यको आशाबारे कुराकानी गर्दै जाँदा सृष्टिकर्ताको करुणामाथि मेरो विश्‍वास बढ्‌दै गयो। यसले गर्दा मेरो नैराश्‍य बिस्तारै हराउँदै गयो। . . .

“मानिसहरूको जीवनस्तर सुधार्ने परमेश्‍वरको उद्देश्‍यबारे मानिसहरूलाई सिक्न मदत गर्नु, तपाईंहरूले आफ्नो छिमेकीप्रति देखाउनु भएको प्रेमको साँचो प्रदर्शन हो। स्पष्ट छ, तपाईंहरूका प्रयासहरू त्यसै खेर गएका छैनन्‌। समाजका अति महत्त्वपूर्ण समस्याहरू औंल्याउने तपाईंहरूका प्रयासहरू एकदमै सराहनीय छन्‌। यस्तो उपयोगी काम गरिरहनुहोस्‌। म यस पत्रिकाको हरेक नयाँ अंकको प्रतिक्षामा हुनेछु।”

प्रत्येक अंकको पृष्ठ ४ मा पाइने “ब्यूँझनुहोस्‌! किन प्रकाशित गरिन्छ” भन्‍ने अनुच्छेद यसो भन्छ: “वर्तमान दुष्ट, अधर्मी रीतिरिवाजलाई हटाएर चाँडै शान्तिमय सुरक्षित नयाँ संसार बसाल्ने सृष्टिकर्ताको प्रतिज्ञामाथि यसले हाम्रो विश्‍वास बढाउँछ।” बाइबल आधारित परमेश्‍वरको प्रतिज्ञाले संसारभरिका लाखौं मानिसहरूलाई यस दुःखदायी समयका समस्याहरू सामना गर्ने बल प्रदान गरेको छ।

हाम्रो सृष्टिकर्ताले दिनुहुने साँचो आशाबारे जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? नामक ३२ पृष्ठे पुस्तिकामा राम्ररी वर्णन गरिएको छ। विशेष गरी “परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुनेछ” र “पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्‌” भन्‍ने भाग हेर्नुहोस्‌। यदि तपाईं ३२ पृष्ठ भएको यस पुस्तिकाबाट थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, यो कुपन भरेर दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌।

◻ जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिकाबारे मलाई थप जानकारी पठाई दिनुहोस्‌।

◻ कृपया निःशुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने