प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ११/८ पृ. ३२
  • नैतिक संकटको कारण के हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नैतिक संकटको कारण के हो
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 ११/८ पृ. ३२

नैतिक संकटको कारण के हो

गत अक्टोबर, एक्वेडरको लोजाका एक जना लेखकले यहोवाका साक्षीहरूको सेवकाईप्रति मूल्यांकन व्यक्‍त गरे। अरू थुप्रै कुराको अलावा तिनले यसो भने:

“मानवजातिलाई पिरोलिरहेको सबैभन्दा ठूलो विपत्ति नैतिक संकट हो . . . मानिसहरूले दस आज्ञालाई बिर्सेर अन्तस्करणको आवाजलाई दबाइसकेका छन्‌ जस्तो देखिन्छ र यो कुरा मानिसले बुझ्न सकेको छैन। हामी दिनहुँजसो घृणा, अपराध, हिंसा, लागू पदार्थको ओसारपसार, आतंकवाद र मानव मर्यादाको अनादर जताततै व्याप्त भएका घटनाहरू सुन्छौं। . . .

“यहोवाका साक्षीहरूले कुनै देखावटी आडम्बर नगरी शान्त अनि मृदुभावले आफ्नो कर्तव्य पालन गर्छन्‌, छिमेकीहरूको ढोका ढोकामा जान्छन्‌ अनि एकदमै रोचक लेखहरूको सँगालो प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका प्रस्तुत गर्छन्‌। ब्यूँझनुहोस्‌! पत्रिकाले विशेष गरी वैज्ञानिक र सांस्कृतिकजस्ता विविध विषयहरूमा चाखलाग्दो अकाट्य जानकारी प्रस्तुत गर्छ। यी सबै लेखहरू एकदमै स्पष्ट अनि सही हुन्छन्‌।”

आज व्याप्त नैतिक संकटबारे सबैलाई थाह छ तर यस पत्रिकाको पृष्ठ ४ मा “ब्यूँझनुहोस्‌! किन प्रकाशित गरिन्छ” भन्‍ने विषयअन्तर्गत बताइएअनुसार ब्यूँझनुहोस्‌!-ले “विषयवस्तुको गहन छानबिन गर्छ र वर्तमान घटनाहरूको वास्तविक अर्थलाई औंल्याउँछ।” के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाले मानिसजातिले दुःखकष्ट भोगिरहेको छ भनेर मानिलिनु मात्र होइन तर अरू कुराहरू पनि बताउँछ। त्यसले गम्भीर परिणाम हुने नैतिक संकट हुनुको कारण के हो भनेर देखाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, चाँडै कसरी छुटकारा प्राप्त हुनेछ भनी पनि त्यसले देखाउँछ।

यस ३२ पृष्ठे पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न यहाँ सँगैको कुपन भरेर उल्लिखित ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको कुनै एउटा ठेगानामा पठाउनुहोस्‌।

□ मलाई के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्‌।

□ म निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहन्छु, कृपया मलाई भेट्‌नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने