प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ३/८ पृ. ३२
  • चुनौती सामना गर्न मानिसहरूलाई मदत गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चुनौती सामना गर्न मानिसहरूलाई मदत गर्ने
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ३/८ पृ. ३२

चुनौती सामना गर्न मानिसहरूलाई मदत गर्ने

श्रीलंकास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले युवा तथा मानव स्रोत विकास संगठन, पूर्वीय प्रान्तका सचिवबाट एउटा पत्र प्राप्त गरे। सचिवले ब्यूँझनुहोस्‌!-का केही पुराना अंकहरू पठाउने अनुरोध गर्दै यस्तो लेखे:

“तपाईंहरूले पठाउनुभएको पत्रिकाहरू म र मेरा सहकर्मीहरूलाई शैक्षिक, जानकारीमूलक, प्रोत्साहनजनक, तार्किक र प्रभावशाली लाग्यो। कसै कसैको गलत धारणा भएझैं यी पत्रिकाहरूले कुनै अनुचित मनसाय राखेर मसीही धर्मसिद्धान्त फैलाइरहेको छैन। मेरो विचारमा यी पत्रिकाहरू उत्कृष्ट साहित्य हुन्‌।

“ब्यूँझनुहोस्‌! (नयाँ र पुराना अंकहरू) पत्रिकाको अत्यधिक माग छ र आगामी महिनाहरूमा यसको माग अझ बढ्‌ने संकेत छ। तपाईंहरूको पत्रिकामा प्रकाशित हुने लेखले प्रौढ, युवा तथा किशोरकिशोरीहरूलाई ज्ञान दिन्छ। यी पत्रिकाहरूले धर्मप्रति भावशून्य भएको वातावरणमा पनि सबैलाई वर्तमान अनि भावी चुनौतीहरूको सामना गर्न मदत दिन्छ।”

इतिहासमा कहिल्यै सामना गर्नु नपरेका चुनौतीहरू आज सबै उमेरका मानिसहरूले सामना गर्नु परिरहेको छ। भविष्य कस्तो हुनेछ र हाम्रो चिन्ता गर्नुहुने परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न होला भनेर धेरै मानिसहरू सोच्ने गर्छन्‌। यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? नामक पुस्तिकामा पाइन्छ। यस प्रकाशनबारे थप जानकारी चाहनुहुन्छ भने कृपया निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउनुहोस्‌। (g01 2/22)

□ मलाई, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? नामक पुस्तिका पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने