‘तिनीहरूले आफ्नो तरवार पिटेर हलोको फाली बनाउनेछन्’–कहिले?
न्यु योर्क शहरको संयुक्त राष्ट्र संघ भवनमा एक जना मानिसले आफ्नो तरवारलाई पिटेर हलोको फाली बनाउँदै गरेको प्रख्यात मूर्ति छ। यो यशैया अध्याय २ पद ४ र मीका अध्याय ४ पद ३ मा गरिएका बाइबल भविष्यवाणीहरूमा आधारित छ। यी शब्दहरू कसरी अनि कहिले पूरा हुनेछन्?
द न्यु योर्क टाइम्स-को हालैको एउटा शीर्षसमाचार थियो, “विश्वव्यापी रूपमा हातहतियारको बेचबिखन ३० अरब अमेरिकी डलर पुगेको छ”! सन् १९९९ मा यतिबिघ्न हातहतियार उपलब्ध गराउने प्रमुख बिक्रेताहरू को थिए? एघार अरब ८० करोड डलर बराबरको हतियार बिक्री गरेकोले संयुक्त राज्य अग्रपंक्तिमा आउँछ। त्यसको लगभग आधाजति हातहतियार बिक्री गर्ने मुलुकमा रूस दोस्रो स्थानमा पऱ्यो। तथापि, रूसले गत वर्षको तुलनामा दुई गुणा बढी बिक्री गऱ्यो। त्यसपछि जर्मनी, चीन, फ्रान्स, बेलाइत र इटाली पर्छन्। त्यही रिपोर्टमा अझ यसो भनियो: “पहिलेजस्तै लगभग दुई तिहाइजति हातहतियार विकासोन्मुख राष्ट्रहरूलाई बेचियो।”
बीसौं शताब्दीमा भएका दुईवटा विश्वयुद्ध तथा अरू थुप्रै ठूलठूला युद्धहरूले करोडौंलाई मारेको र घाइते बनाएकोले जोसुकैको मनमा यो प्रश्न उठ्छ, “राष्ट्रहरूले युद्ध नगरी शान्तिसित बस्न कहिले सिक्ने होलान्?” बाइबलले यो शान्ति “पछिल्ला दिनमा” आउनेछ भनेर बताउँछ। (यशैया २:२) वास्तवमा, लगभग ६० लाख यहोवाका साक्षीहरू ‘यहोवाबाट सिक्न’ इच्छुक भइरहेको हुनाले यो भविष्यवाणी अहिले पूरा भइरहेको छ। यसकारण, तिनीहरूसित ‘शान्ति प्रशस्त छ।’—यशैया ५४:१३.
चाँडै यहोवाले सबै हतियार, युद्ध र तिनीहरूको प्रवर्धन गर्नेहरूको अन्त गर्नुहुनेछ किनभने उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ। तपाईं पनि यस अद्भुत परिवर्तनबारे अझ बढी जान्न चाहनुहुन्छ भने कृपया तपाईंको क्षेत्रका यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस् अथवा पृष्ठ ५ मा दिइएको उपयुक्त ठेगानामा पत्राचार गर्नुहोस्।—प्रकाश ११:१८. (g01 3/8)