प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ७/८ पृ. ३२
  • यसले तिनको विश्‍वास बलियो बनायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसले तिनको विश्‍वास बलियो बनायो
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ७/८ पृ. ३२

यसले तिनको विश्‍वास बलियो बनायो

विल देर एभर बि अ वर्ल्ड विथआवट वार? नामक ३२ पृष्ठे पुस्तिकाबारे न्यु योर्ककी एउटी महिलाले यस्तो लेखिन्‌: “यस पुस्तिकाको लागि म अत्यन्तै कृतज्ञ छु र यसबाट मैले कत्ति लाभ उठाए, त्यसबारे नलेखी बस्नै सकिनँ। मेरी आमा एक जना यहोवाको साक्षी हुनुहुन्छ। हुन त म यहूदी होइन तर यस पुस्तिकाले जति मलाई अहिलेसम्म अरू कुनैले पनि यत्तिविघ्न प्रभाव पारेको थिएन!

“यस पुस्तिकाले विशेष गरी यहूदीहरूलाई चासो लाग्ने विषयवस्तुमा ध्यानाकर्षित गर्ने हुँदा यसको विषयवस्तु बुझ्न गाह्रो होला भनेर सुरुमा पढ्‌न अलि हिचकिचाएँ। तर मेरो सोचाइ गलत रहेछ। सबै विषयवस्तु सुस्पष्ट र तार्किक शैलीमा प्रस्तुत गरिएको थियो।”

इतिहासको पाना पल्टाएर हेर्दा कसैकसैले ज्यादै नमीठो पीडा अनुभव गरेको पाउँछौं। गत शताब्दीमा भएको नाजी नरसंहारको दौडान विशेष गरी यहूदीहरूले असाध्यै दुःख भोगे। हामी तपाईंहरूलाई विल देर एभर बि अ वर्ल्ड विथआवट वार? पुस्तिका पढ्‌न अनुरोध गर्दछौं। यसका केही विषयहरू यसप्रकार छन्‌: “परमेश्‍वरले किन दुष्टता रहने अनुमति दिनुहुन्छ?” “साँचो परमेश्‍वरलाई चिन्‍ने—यसको अर्थ के हो?” अनि “राष्ट्रहरूलाई कसले शान्तितर्फ डोऱ्‍याउनेछ?”

थप जानकारीको लागि निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा अनुरोध गर्न सक्नुहुन्छ। (g01 6/22)

□ मलाई विल देर एभर बि अ वर्ल्ड विथआवट वार? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने