प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ८/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • नर्सहरूको महत्त्वपूर्ण भूमिका
    ब्यूँझनुहोस्‌!—२०००
  • नर्सहरू—हामीलाई किन चाहिन्छ?
    ब्यूँझनुहोस्‌!—२०००
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ८/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

नर्सहरू मैले नर्सको काम गरेको झन्डै तीन वर्ष भइसक्यो। रोगबिमार तथा पीडा भोगिरहेका मानिसहरूसित व्यवहार गर्नु सजिलो छैन। “नर्सहरू—तिनीहरू नभएका भए के हुन्थ्यो होला?” (डिसेम्बर ८, २०००) विषयको श्रृंखलाबद्ध लेख पढेर हाम्रो कामलाई अरूले पनि मूल्यांकन गर्दा रहेछन्‌ भन्‍ने थाह पाउनु साँच्चै उत्साहवर्धक थियो! अब चाँडै नर्सहरूको पनि आवश्‍यकता पर्नेछैन भन्‍ने बाइबलको प्रतिज्ञा थाह पाउनु त झनै प्रोत्साहनदायी थियो।—यशैया ३३:२४.

जे.एस.बि., ब्राजिल

मेरो श्रीमान्‌ र म मिलेर एउटा नर्सिङ सेवा सञ्चालन गरिरहेका छौं। यो श्रृंखलाबद्ध लेखहरूले हामीलाई असाध्यै प्रोत्साहन दियो। यसले हामीलाई आफ्नो काम अनि बिरामीहरूप्रतिको हाम्रो मनोवृत्तिमा सुधार ल्याउन मदत गऱ्‍यो। यो लेख साँच्चै उत्कृष्ट थियो!

एस.एस., जर्मनी

मलाई नर्सहरू त्यति महत्त्वपूर्ण लाग्दैनथ्यो। तर शारीरिक पीडा धेरै हदसम्म कम गर्न र व्यस्त चिकित्सकहरूले दिन नसक्ने सहानुभूति र सहयोग नर्सहरूले दिन सक्छन्‌ भनी बुझ्न मलाई यी लेखहरूले मदत गऱ्‍यो। मैले यस अंकका थुप्रै प्रतिहरू अहिले नर्सिङ अध्ययन गरिरहेका मेरा पुराना साथीहरूलाई पनि पठाएँ।

एफ.जि., इटाली

यी संवेदनशील लेखहरूको लागि धन्यवाद। नर्सिङ पेसाकै कारण म थुप्रै तरिकामा परिपक्व हुन सकें। मलाई जीवनको उद्देश्‍यबारे सोच्न र बाइबल अध्ययन गर्न प्रेरणा दिने एउटा कारण पनि यही हो। ब्यूँझनुहोस्‌!-को यो अंक मैले अहिलेसम्म पाएको मूल्यांकनका अभिव्यक्‍तिहरूमध्ये सबैभन्दा ठूलो भएको छ। यसबाट पाएको प्रोत्साहनले मलाई लामो समयसम्म बल प्रदान गरिरहनेछ!

जे. डी., चेक गणतन्त्र

यो श्रृंखलाबद्ध लेखका लागि धन्यवाद। मैले अनुमतिप्राप्त नर्सको रूपमा काम गरेको धेरै वर्ष भइसक्यो। बिरामीहरूको आँखामा औषधीका थोपाहरू राख्दा मात्र पनि समानुभूतिले गर्दा मेरा आँखाहरू रसाएर आउँछन्‌। यस ब्यूँझनुहोस्‌!-प्रति संसारभरिकै नर्सहरूले राम्रो प्रतिक्रिया देखाउनेछन्‌ भन्‍ने कुरामा म विश्‍वस्त छु।

एल.ए.आर., अमेरिका (g01 7/8)

महासागरहरू आज मैले “महासागरहरू आफ्ना रहस्य प्रकट गर्छन्‌” (नोभेम्बर २२, २०००, अंग्रेजी) भन्‍ने श्रृंखलाबद्ध लेख पढें। म प्रकृति प्रेमी भए तापनि महासागरमा के के हुन्छ त्यसबारे मलाई त्यति राम्रो ज्ञान थिएन। साँच्चै, जसले जति बढी पृथ्वी तथा यसका आश्‍चर्यहरूबारे सिक्छ त्यत्ति नै यो भव्य ग्रह अनि यसको बुद्धिमान्‌ सृष्टिकर्ताप्रति उसको आदर बढ्‌नेछ।

सी.एफ., इटाली

यो मनमोहक लेखको लागि धन्यवाद। अधिकांश मानिसलाई थाहै नभएको ट्युब वर्म जस्ता कीराहरू यहोवा परमेश्‍वरले किन सृष्टि गर्नुभएको होला भनेर म सधैं छक्क पर्ने गर्थें। यी जीवहरू बनाउनुभएर यहोवाले पृथ्वीको सरसफाइमा ध्यान दिनुहुँदो रहेछ भन्‍ने देखिन्छ भनेर उल्लेख गरिएको बुँदा मलाई मन पऱ्‍यो र त्यस्तै सोचाइ हामीले पनि अनुकरण गर्नुपर्छ।

एच.एस., बेलाइत

यो लेख पढ्‌दा मलाई आफै समुद्रको पींधमा पुगेर त्यस गहिराइको एकएक कुरा अनि ज्ञानवर्धक व्याख्या प्राप्त गरेजस्तै लाग्यो। तपाईंको प्रस्तुतिले मलाई परमेश्‍वरका गुणहरू उहाँले बनाउनुभएका कुराहरूमा प्रकट हुन्छ भन्‍ने कुरा महसुस गर्न मदत गऱ्‍यो।

जे.एम.एम., जाम्बिया (g01 7/22)

एनेस्थेसिया “पीडादेखि एनेस्थेसियासम्म” (डिसेम्बर ८, २०००) भन्‍ने लेखमा तपाईंले १८४० को दशकअघिसम्म कुनै पनि प्रकारको एनेस्थेसिया प्रयोग गरिएको थिएन भनेर उल्लेख गर्नुभएको रहेछ। तर जापानमा साइशू हानाओकाले सन्‌ १८४० को दशकभन्दा पहिले नै सफलतासाथ शल्यक्रिया गरिसकेका थिए।

एस. ए., जापान

सामान्यतया चिकित्साजगत्‌मा सन्‌ १८४० को दशकअघिसम्म कुनै पनि एनेस्थेसियालाई वैध ढंगमा मान्यता दिएको थिएन। तथापि, “कोडान्सा इन्साइक्लोपीडिया अफ जापान”-अनुसार साइशू हानाओकाले (१७६०-१८३५) “छ वटा जडीबुटीको” मिश्रणद्वारा माफुट्‌शुसान नामक एनेस्थेटिक तत्त्व तयार पारे। तिनले “बस्टनको माशाचुशेट्‌स जेनरल हस्पिटलमा इथरको प्रयोग गरिनुभन्दा ४० वर्षअघि नै सन्‌ १८०५ मा स्तनको क्यान्सर रोगको शल्यक्रिया गर्न प्रयोग गरे।” साइशूले थुप्रै शल्यक्रियामा यो एनेस्थेटिक तत्त्व प्रयोग गरे।—सम्पादक। (g01 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने