प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ११/८ पृ. ३२
  • ब्यूँझनुहोस्‌!-ले तिनको ज्यान बचायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ब्यूँझनुहोस्‌!-ले तिनको ज्यान बचायो
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ११/८ पृ. ३२

ब्यूँझनुहोस्‌!-ले तिनको ज्यान बचायो

“म परिवारको लागि बोझ बन्‍न चाहन्‍नथें। त्यसैकारण मैले आत्महत्या गर्ने निर्णय गरें।” यसप्रकार नेपालको एक जना मानिसले लेखे। तिनी अझै यस्तो लेख्छन्‌: “मैले डोरी तयार पारें र कुन ठाउँमा अनि कुन दिन आफ्नो काम फत्ते गर्ने भनेर पनि निर्णय गरें। तर त्यो दिनभन्दा ठीक एक हप्ताअघि मैले मार्च ८, २००० को ब्यूँझनुहोस्‌! अंक पाएँ।”

उक्‍त अंकको श्रृंखलाबद्ध लेखको विषय थियो, “आत्महत्या—कसले बढी गर्छ?” तिनी लेख्छन्‌: “त्यो पत्रिका उठाएर पढ्‌न मैले मानसिक अनि भावनात्मक तवरमा धेरै संघर्ष गर्नुपऱ्‍यो। आत्महत्या गर्नुका दसवटा कारणहरूबारे गरिएको वर्णनले मलाई विशेष प्रभाव पाऱ्‍यो र मेरो मन परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो।” अन्तमा तिनी यस्तो निष्कर्ष पुगे: “तपाईंहरूले मेरोलागि जे गर्नुभयो त्यसको लागि म कृतज्ञता जाहेर नगरी रहन सक्दिनँ। यो लेख लेख्न तपाईंहरूले गर्नुभएको प्रयत्नले मेरो ज्यान बचायो!”

आज थुप्रै कारणले गर्दा आत्महत्याको दरमा वृद्धि भइरहेको छ। तीमध्ये एउटा मानिसहरू जीवनको उद्देश्‍यबारे अनभिज्ञ हुनु पनि हो। जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिकाले थुप्रैलाई उत्तम जीवनको वास्तविक आशा छ भन्‍ने कुरा महसुस गर्न मदत गरेको छ। तपाईं सँगैको कुपन भरी यहाँ दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएका सुविधा पर्ने ठेगानामा पठाएर थप जानकारी पाउन सक्नुहुन्छ। (g01 10/8)

□ कृपया मलाई जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोला।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने