प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १२/८ पृ. १०-११
  • “कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!”
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • बेइमान संसारमा कसरी इमानदार रहने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • सत्य मन पराउने युवायुवतीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १२/८ पृ. १०-११

“कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!”

कामिरहेको ओठलाई हातले छोप्दै लोडर्स आफ्नो कोठाको झ्यालबाट एक टक लगाएर शहरलाई हेर्छे। उनी एउटी ल्याटिन अमेरिकी महिला हुन्‌, जसले २० वर्षभन्दा बढी आफ्नो हिंसात्मक पति एलफ्रेडोबाट दुःख भोगिन्‌। एलफ्रेडो आफ्नो जीवन परिवर्तन गर्न उत्प्रेरित भएका थिए। तथापि, आफूले भोगेका शारीरिक अनि भावनात्मक चोटबारे बताउन लोड्‌र्सलाई अझै पनि गाह्रो लाग्छ।

लोड्‌र्स मधुरो स्वरमा यसो भन्छिन्‌, “हाम्रो विवाह भएको दुइ हप्तापछि नै यो सबै हुन थाल्यो।” पहिलो पटक उहाँले मेरो दुइटा दाँत झारिदिनुभयो। अर्को पटक मैले छलें र उहाँको मुड्‌की दराजमा बजारियो। तर उहाँले जे मुखमा आयो त्यै नाउँहरूले बोलाउँदा त्यसले मलाई झनै चित्त दुख्थ्यो। उहाँले मलाई ‘रद्दीको टोकरी’ भनी बोलाउनुहुन्थ्यो र मलाई एउटी मूर्ख केटीसरह व्यवहार गर्नुहुन्थ्यो। म उहाँलाई छोड्‌न चाहन्थें तर म तीन-तीन जना छोराछोरी लिएर कहाँ जाने?”

एलफ्रेडो स्नेहपूर्वक आफ्नो हात लोड्‌र्सको कुममा राख्छन्‌। तिनी यसो भन्छन्‌, “म एक जना उच्च पदाधिकारी हुँ। दुर्व्यवहार नगर्ने आदेश दिंदै अदालतले मलाई पूर्जी पठाउँदा मैले निकै अपमानित महसुस गरें। मैले आफ्नो आचरण परिवर्तन गर्ने कोसिस गरें तर समयको दौडान फेरि पुरानै आचरणअनुसार चलिरहेको हुन्थें।”

त्यसोभए परिस्थिति कसरी परिवर्तन भयो त? अलि हल्का महसुस गर्दै लोड्‌र्स भन्छिन्‌, “सडकको छेउमा पसल थाप्ने साहुनी यहोवाका साक्षी थिइन्‌। तिनले मलाई बाइबल बुझ्न मदत गर्ने प्रस्ताव राखिन्‌। यहोवा परमेश्‍वरले महिलाहरूलाई कदर गर्नुहुन्छ भन्‍ने कुरा मैले सिकें। सुरुमा मेरो श्रीमान्‌ एलफ्रेडो रिसाउनुभए तापनि म यहोवाका साक्षीहरूका सभाहरूमा उपस्थित हुन थालें। राज्य भवनका साथीहरूसित समय बिताउन पाउनु मेरोलागि नौलो अनुभव थियो। आफनो एउटा छुट्टै विश्‍वास भएको, त्यसबारे निर्धक्कसाथ अरूलाई बताउन सक्छु साथै अरूलाई सिकाउनसमेत त्यसलाई प्रयोग गर्नुसक्छु भन्‍ने कुरा थाह पाउँदा म छक्क परें। परमेश्‍वरले मलाई मूल्यवान्‌ ठान्‍नुहुँदो रहेछ भन्‍ने कुरा मैले महसुस गरें। यसले मलाई साहस दियो।

“मेरो जीवनमा आएको एउटा निर्णायक मोडलाई म कहिल्यै भुल्न सक्दिनँ। एलफ्रेडो अझै पनि हरेक आइतबार क्याथोलिक मासमा उपस्थित हुने गर्नुहुन्थ्यो र यहोवाका साक्षीहरूसितको मेरो क्रियाकलापलाई उहाँ विरोध गर्नुहुन्थ्यो। मैले सीधै उहाँको आँखामा हेरें अनि शान्त तर निर्धक्कसित यसो भनें: ‘एलफ्रेडो, तपाईंको र मेरो धारणा फरक छ।’ अनि उहाँले मलाई कुट्‌नुभएन! त्यसको धेरै समय नबित्दै मैले बप्तिस्मा लिएँ र अहिले पाँच वर्ष बितिसक्यो उहाँले मलाई कुट्‌नुभएको छैन।”

तर अझै ठूलो परिवर्तन हुन त बाँकी नै थियो। एलफ्रेडो यसो भन्छन्‌, “लोड्‌र्सले बप्तिस्मा लिएको तीन वर्षपछि मेरो एक जना साथी, जो यहोवाका साक्षी थिए तिनले मलाई उसको घरमा बोलायो र मलाई बाइबलबाट निकै मनमोहक कुराहरू बताए। आफ्नी श्रीमतीलाई थाहै नदिकन मैले मेरो साथीसित बाइबल अध्ययन गर्न थालें। केही समयपछि म लोड्‌र्ससित सभाहरू धाउन थालें। मैले सभामा सुनेका धेरैजसो भाषणहरू पारिवारिक जीवनबारे थियो र यो सुन्दा मलाई अक्सर आत्मग्लानि हुन्थ्यो।”

सभापछि मण्डलीका सदस्यहरूलगायत पुरुषहरूसमेतले भुइँ पुछिरहेको देखेर एलफ्रेडो साह्रै प्रभावित भए। तिनी साक्षीहरूको घरमा जाँदा पतिहरूले आ-आफ्नो पत्नीलाई भाँडा धुन सघाइरहेको देखे। साँचो प्रेमलाई कसरी कामद्वारा प्रदर्शित गर्न सकिन्छ भन्‍ने कुरा यी स-साना घटनाहरूले एलफ्रेडोलाई देखायो।

केही समयपछि नै एलफ्रेडोले बप्तिस्मा लिए र हाल दुवैले पूर्ण-समय सेवकको रूपमा काम गर्दैछन्‌। लोड्‌र्स यसो भन्छिन्‌, “उहाँले अक्सर मलाई खाना खाइसकेपछि टेबलबाट भाँडाकुँडा पन्साउन र ओछ्यान मिलाउन सहयोग गर्नुहुन्छ। मैले पकाएको खानाको उहाँ तारिफ गर्नुहुन्छ र मलाई मनपर्ने संगीत अनि घरको लागि किन्‍नुपर्ने सामानहरूमा उहाँ मेरो रोजाइलाई प्राथमिकता दिनुहुन्छ। एलफ्रेडोले यस्ता कार्यहरू पहिला कहिल्यै गर्नु भएको थिएन! हालै, पहिलो पटक उहाँले मेरोलागि फूलको गुच्छा किन्‍नुभयो। कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!” (g01 11/8)

[पृष्ठ १०-मा भएको चित्र]

“आफू परमेश्‍वरको नजरमा मूल्यवान्‌ रहेछु भनेर मैले बुझें। यसले मलाई साहस दियो”

[पृष्ठ १०-मा भएको चित्र]

पतिहरूले आ-आफ्नो पत्नीलाई भाँडा धुन सघाइरहेको तिनले देखे

[पृष्ठ १०-मा भएको चित्र]

सभापछि मण्डलीका सदस्यहरूलगायत पुरुषहरूले समेत भुइँ पुछिरहेको देखेर एलफ्रेडो साह्रै प्रभावित भए

[पृष्ठ १०-मा भएको चित्र]

“हालै, पहिलो चोटि उहाँले मेरोलागि फूलको गुच्छा ल्याउनुभयो”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने