तपाईंलाई निमन्त्रणा छ—के तपाईं आउनुहुनेछ?
के को निमन्त्रणा? यहोवाका साक्षीहरूले वर्षेनी सञ्चालन गर्ने सबैभन्दा महत्त्वपूर्ण सभाको लागि। त्यो हो, येशू ख्रीष्टले आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुभएको प्रभुको साँझको भोज। मत्तीको अभिलेखले हामीलाई यसो भन्छ: “येशूले रोटी लिएर आशीर्वाद गरी भाँच्नुभयो, र चेलाहरूलाई दिएर भन्नुभयो, ‘लेओ, खाओ, यो मेरो शरीर हो।’ तब कचौरा पनि लिएर धन्यवाद गरी उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ।”—मत्ती २६:२६-२८.
यस वर्ष मनाइने प्रभुको साँझको भोजको उत्सवमा यी शब्दहरूको महत्त्वबारे छलफल गरिनेछ र यो मार्च २८ बिहीबारको दिन सूर्यास्तपछि मनाइनेछ। आशा छ, तपाईं पनि त्यहाँ आउनुहुनेछ। आफ्नो इलाकामा हुने सभाको सही समय र ठाउँबारे कृपया यहोवाका साक्षीहरूसित जानकारी लिनुहोला। तपाईंलाई अवश्य स्वागत गरिनेछ। (g02 3/8)