‘यसैले गर्दा पो मेरो ज्यान जोगिएको हो कि!’
“मैले त लक्षणहरूलाई त्यति ध्यानै दिएको थिइनँ” भनी क्लसले बताए। केही हप्तादेखि तिनलाई सास फेर्दा स्वाँस्वाँ भइरहेको थियो। तर केही कुराले तिनलाई यस विषयमा गम्भीर भएर सोच्न लगायो।
“म प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-का पुरानो अंक आफू सुत्ने पलङ नजिकैको टेबलमा राख्छु” भनी क्लसले बताए। “एक साँझ मैले संयोगवश मार्च २२, २००१ को अवेक! लिएर सरसरती पल्टाउँदै जाँदा ‘आश्चर्यलाग्दो रक्तसञ्चार प्रणाली’ भन्ने लेख भेट्टाएँ। त्यो लेख पढेपछि मैले मेरा लक्षणहरू एन्जाइनाको विवरणसित ठ्याक्क मिलेको थाह पाइहालें।”
यथाशक्य चाँडो क्लसले स्थानीय स्वास्थ्य केन्द्रमा परीक्षण गराए। त्यहाँ तिनको मुटुका धमनीहरूमा रोग लागेको पत्ता लाग्यो। उपचार गर्ने काम यथाशीघ्र सुरु गरियो। चिकित्सकले क्लस एकदमै भाग्यमानी भएको बताए किनकी यसलाई उपचार नगरी त्यतिकै छोडेको भए यसले गर्दा घातक हृदयघात हुन सक्थ्यो। क्लसले यस पत्रिकाका प्रकाशकहरूलाई यस्तो लेखे: “ब्यूँझनुहोस्!-ले गर्दा पो मेरो ज्यान जोगिएको हो कि!”
ब्यूँझनुहोस्!-ले मानव शरीरका कार्यहरूजस्ता अद्भुत सृष्टिहरूबारे मात्र बताउँदैन। यसै पत्रिकाको पृष्ठ ४ मा ब्यूँझनुहोस्!-को उद्देश्य दिइएको छ: “मुख्यतः चाँडै शान्तिमय सुरक्षित संसार बसाल्ने सृष्टिकर्ताको प्रतिज्ञामाथि यस पत्रिकाले हाम्रो विश्वास बढाउँछ।”
त्यसै उद्देश्यलाई ध्यानमा राखेर जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? भन्ने पुस्तिका उपलब्ध गराइएको छ। सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा पृष्ठ ५ मा उल्लिखित उपयुक्त ठेगानामा पठाएर तपाईं थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ।
□ जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? भन्ने पुस्तिकाबारे मलाई थप जानकारी पठाइदिनुहोस्।
□ कृपया निश्शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्।