प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ७/८ पृ. १३
  • “यहोवा मेरो सान्त्वना हुनुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवा मेरो सान्त्वना हुनुहुन्छ”
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिकर्ताको सेवा गरिरहने अठोट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम
    पवित्र बाइबल नयाँ संसार अनुवाद
ब्यूँझनुहोस्‌!—२००३
g03 ७/८ पृ. १३

“यहोवा मेरो सान्त्वना हुनुहुन्छ”

माथिका शब्दहरू स्वीडेनका राजा चार्ल्स नवौंका आधिकारिक शाही उक्‍ति हुन्‌। ल्याटिनमा यसो भनिन्छ: “येहोभा सोलाटियम मियुम।” सन्‌ १५६० देखि १६९७ सम्म शासन गर्ने थुप्रै राजाहरूको पुस्तामध्ये यी राजा पनि थिए जसले सिक्का, तक्मा वा व्यक्‍तिगत आदर्श-वाक्यहरूमा हिब्रू वा ल्याटिन अक्षरहरूमा परमेश्‍वरको नाउँ प्रयोग गरे। चार्ल्स नवौंले यहोवाको रोयल अर्डर पनि स्थापना गरे। तिनी १६०७ मा राज्यारोहण भएको दिन चार्ल्सले यहोवा सिक्री भनिने माला लगाएका थिए।

यी राजाहरूले यस्ता चलनहरू सुरु गर्नुको कारण के हो? शास्त्रविद्‌हरूका विचारमा त्यतिबेला युरोपमा चलेको क्याल्भिनवादी अभियान र बाइबलप्रतिको आदरले तिनीहरू प्रभावित थिए। राम्रो शिक्षादीक्षा पाएका रेनासाँ शासकहरूको हैसियतमा तिनीहरू परमेश्‍वरको व्यक्‍तिगत नाउँ, यहोवाको ल्याटिन संस्करणसित परिचित थिए भनी प्राप्त प्रमाणले देखाउँछ। निस्सन्देह, कसै-कसैले यो नाउँ मूल हिब्रू बाइबल पदमा हजारौं चोटि उल्लेख गरिएको छ भनेर थाह पाए।

युरोपका विभिन्‍न भागहरूमा १६ औं र १७ औं शताब्दीको दौडान यहोवाको नाउँ, सिक्का तथा तक्मालगायत सार्वजनिक भवन तथा चर्चहरूमा देखा परेको ठोस प्रमाण पाइन्छ। परमेश्‍वर आफैले प्रस्थान ३:१५, NW मा भन्‍नुभएको कुरा प्राप्त प्रमाणअनुसार आम जनताले स्वीकारेको र आदर गरेको पाइन्छ: “यहोवा . . . मेरो नाउँ सदा यही रहनेछ।” (g03 6/22)

[पृष्ठ १३-मा भएको चित्र]

यहोवाको रोयल अर्डरको माला र बिल्ला, १६०६, सुन, इनामेल, चट्टाने स्फटिक र गार्नेटबाट बनाइएको

राजा एरिक चौधौं १५६०-६८

राजा चार्ल्स नवौं १५९९-१६११ (एरिक चौधौंका भाइ)

राजा गुस्ताभस द्वितीय अडोल्फ १६११-३२ (चार्ल्स नवौंका छोरा)

रानी क्रिस्टिना १६४४-५४ (गुस्ताभस द्वितीय अडोल्फकी छोरी)

[स्रोत]

Chain: Livrustkammaren, Stockholm Sverige; coins: Kungl. Myntkabinettet, Sveriges Ekonomiska Museum

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने