प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ८/८ पृ. ३२
  • प्रिय व्यक्‍तिले पठाएको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रिय व्यक्‍तिले पठाएको पत्र
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ८/८ पृ. ३२

प्रिय व्यक्‍तिले पठाएको पत्र

न्यु योर्ककी एक पाठकले यसो भन्दै ड्र क्लोज टु जेहोभा पुस्तकलाई प्रिय व्यक्‍तिले पठाएको पत्रसित दाँजिन्‌: “प्रत्येक अध्यायले मन छुन्छ अनि यहोवाको लागि प्रेम उर्लेर आउँछ।” तिनी अझै यसो भन्छिन्‌: “मैले भर्खरै यो पुस्तक पढी सिध्याएकी छु, आफ्नो प्रिय व्यक्‍तिले पठाएको पत्र जस्तै, मलाई यो पुस्तक फेरि पढ्‌न हतार भइसक्यो।” अरूले चाहिं के भनेका छन्‌, ध्यान दिनुहोस्‌।

अमेरिकाको क्यान्ससकी एक पाठकले यसो भनिन्‌: “म मेरो स्वर्गमा हुनुहुने पितासित साँच्चै नजिक भएकी महसुस गर्न सक्छु। पुस्तक पढ्‌दा मेरो मन प्रेमले ढकमक्क हुन्छ। . . . म हरेक बिहान यो पुस्तक अझ धेरै पढ्‌ने उत्कट प्रतिक्षा गर्छु र दोहोऱ्‍याइ तेहऱ्‍याइ पढ्‌नेछु।”

अमेरिकाको मेनकी एउटी महिलाले यस्तो लेखिन्‌: “यहोवा एक वास्तविक व्यक्‍ति हुनुहुन्छ भनी बुझ्न यो पुस्तकले साह्रै मदत गरेको छ! पृष्ठ ७४ को यो विवरणले मनलाई कस्तो शीतलता दिन्छ: ‘मरिसकेकाहरूको लागि यहोवाको स्मरणमा हुनु जत्तिको सुरक्षित कुरा अरू छैन।’ ” अमेरिकाकै अलास्काकी एक लेखिकाको यस्तै भावना छ: “यसले मेरो मनको गहिराइलाई यस्तरी छोयो कि मैले आसुँ थाम्नै सकिनँ।” तिनी अझै यसो भन्छिन्‌: “म फेरि अनि फेरि पनि यसलाई पढ्‌नेछु र उद्धृत गर्नेछु।”

हामीलाई विश्‍वास छ, यदि यो पुस्तक तपाईंले पढ्‌नुभएमा तपाईंले पनि यस्तै महसुस गर्नुहुनेछ। तीन परिचयात्मक अध्यायहरूपछि यस पुस्तकलाई निम्न चार शीर्षकहरूमा विभाजन गरिएको छ: “शक्‍तिमा सामार्थी” “न्याय प्रेमी” “बुद्धिले भरिपूर्ण” “परमेश्‍वर प्रेम हुनुहुन्छ।” अन्तमा “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” शीर्षकको अध्याय पनि समावेश गरिएको छ।

तल दिइएको कुपन भरेर यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाउनुभएर तपाईं पातलो गाता भएको यो ३२० पृष्ठे पुस्तकबारे थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। (g03 7/22)

□ म ड्र क्लोज टु जेहोभा पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने