प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ९/८ पृ. ३२
  • जीवन कसरी सुरु भयो भन्‍ने प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन कसरी सुरु भयो भन्‍ने प्रश्‍न
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ९/८ पृ. ३२

जीवन कसरी सुरु भयो भन्‍ने प्रश्‍न

फ्रान्सका स्कूल र सञ्चारजगत्‌ दुवै क्षेत्रमा विकासवादको सिद्धान्त अकाट्य तथ्यको रूपमा प्रस्तुत गरिन्छ। फलस्वरूप, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि तिनीहरूले जीवनको सुरुवातसम्बन्धी एउटै मात्र सम्भाव्य वर्णन विकासवाद भन्ठान्छन्‌। यद्यपि, जीवित कोषहरूको जटिलता देखेर मोहित व्यक्‍तिहरूलाई यस सिद्धान्तमा त्यति विश्‍वास लागेको छैन। यहोवाका साक्षीहरूको फ्रान्सस्थित शाखा कार्यालयले निम्न पत्र प्राप्त गऱ्‍यो:

“मैले हालै तपाईंहरूले प्रकाशित गर्नुभएको लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? भन्‍ने पुस्तक पुरानो किताबहरू बेच्ने पसलमा पाएँ। यो पुस्तक मलाई एकदमै रोचक लाग्यो किनभने मेरो विचारमा यसमा विचार गर्नुपर्ने साँचो विषयहरूबारे छलफल गरिएको छ। भौतिकशास्त्री बन्‍न प्रशिक्षण पाएको हुँदा ‘डार्विनवाद’ र अन्य ‘विकासवादका सिद्धान्तहरूको’ जटिलतामा मलाई चासो लागेको वर्षौं भइसक्यो। यिनीहरू निर्जीव वस्तुहरूलाई जीवित कोषहरूमा परिणत गर्ने वा निर्जीव वस्तुबाट जीवन सुरु भयो भनी दाबी गर्छन्‌।”

तिनले “तपाईंहरूको सानो पुस्तक” भनी वर्णन गरेको पढेपछि पत्रका लेखकले यस्तो टिप्पणी गरे: “लाइफ—हाउ डिड इट गेट हियर? पुस्तक एकदम राम्रोसित प्रस्तुत गरिनुका साथै थुप्रै समकालीन वैज्ञानिकहरूले साधारणतया स्वीकार्ने विकासवादको सिन्थेटिक सिद्धान्त भनिने कठिन तथा बुझाउनै नसकिने विरोधाभासपूर्ण कुराहरू राम्ररी छोटकरीमा प्रस्तुत गरिएको छ।” त्यसपछि तिनले थप जानकारी मागे।

तपाईं लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? भन्‍ने पुस्तकबारे थप जानकारी चाहनुहुन्छ भने तलको कुपन भरेर यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g03 8/08)

□ म लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने