प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ४/८ पृ. २२
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • अश्‍लील कुराहरू
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ४/८ पृ. २२

पाठकहरूका प्रतिक्रिया

अश्‍लील कुरा “अश्‍लील कुरा—अहानिकारक वा हानिकारक?” (अगस्त ८, २००३) भन्‍ने शृङ्‌खलाबद्ध लेखको लागि धन्यवाद। मलाई यस्तो स्पष्ट सल्लाह चाहिएको थियो। मसीही हुनुभन्दा अघि मलाई लामो समयदेखि अश्‍लील कुराहरू हेर्ने नराम्रो लत लागेको थियो। यी अंकहरूले मलाई अश्‍लील कुरा कत्तिको विध्वंशकारी छ र यसले चुम्बकले जस्तो आकर्षित गर्न सक्ने हुँदा कस्ता निर्णायक कदमहरू चाल्नु आवश्‍यक छ भन्‍ने कुरा एकदमै छर्लङ्‌गसित बुझ्न मदत गऱ्‍यो।

ई. पी., संयुक्‍त राज्य अमेरिका (g04 3/22)

बाइस वर्ष लामो मेरो सुखमय दाम्पत्य जीवन दुई वर्षअघि सम्बन्ध विच्छेदमा टुङ्‌गियो। अश्‍लील कुराले हामीबाट साँच्चै नै एक जना असल पति र मायालु पिता खोसेर लग्यो। अत्यन्त भयावह यस कुलतले उहाँको दयालु र भद्र व्यक्‍तित्वलाई रिसाहा, फटाहा र पाशविक व्यक्‍तित्वमा परिवर्तन गरिदियो। अश्‍लील कुराको कारण पिरोलिने म मात्रै होला जस्तो लाग्थ्यो तर अब भने मैले यो त थुप्रैलाई असर गर्ने एउटा सङ्‌कट नै रहेछ भनेर बुझें। एकदमै राम्रोसित लेखिएका यी अंकहरूको लागि तपाईंहरूलाई धन्यवाद।

एल. टी., संयुक्‍त राज्य अमेरिका (g04 3/22)

बाइबल अध्ययन गर्नुअघि, त्यस्तै एक दशकभन्दा बढी म अश्‍लील कुराको कुलतमा फसेको थिएँ। यसका समर्थकहरूले जेसुकै दाबी गरे तापनि यसमा सकारात्मक कुरा छँदै छैन। यहोवाको साक्षी हुनुभन्दा अघि मलाई प्रायजसो उपलब्ध सबै किसिमका लागू औषध सेवन गर्ने बानी बसेको थियो। मलाई लागेका कुलतहरूमध्ये पनि अश्‍लील कुराबाट छुटकारा पाउन मलाई साह्रै नै गाह्रो भएको थियो। कृपया यस किसिमका लेखहरू छाप्न नछोड्‌नुहोला।

जे. ए., संयुक्‍त राज्य अमेरिका (g04 3/22)

मधुमेह “के तपाईंलाई मधुमेह भएको छ?” (जून ८, २००३) भन्‍ने आवरण शृङ्‌खलाको लागि तपाईंहरूलाई धेरै-धेरै धन्यवाद। मलाई टाइप १ डायबेटिज भएको १२ वर्ष भइसक्यो र पटक-पटक इन्सुलिनको सुई लगाएर यसको उपचार गर्दै आएको छु। मेरी पत्नी मलाई निकै मदत गर्छिन्‌। हामी दुवै जना रोगबारे बुझ्ने कोसिस गरिरहन्छौं, हामी सँगै डाक्टरकहाँ जान्छौं र म अझै सकारात्मक मनोवृत्ति विकास गर्ने प्रयास गरिरहेको छु। म परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने भएको कारण, मैले बिरामीलाई तिनको जीवनका चुनौतीहरू सामना गर्न मदत दिनको लागि सँगी मसीहीहरू ती बिरामीप्रति अझ दयालु र धीरजी भएको याद गरेको छु। यस्तो मनोवृत्तिले मलाई मण्डलीहरूको सेवा निरन्तर गरिरहन मदत गरेको छ। यो शृङ्‌खला चाहिएकै बेला प्राप्त भयो। फेरि पनि धेरै-धेरै धन्यवाद।

डब्ल्यु. बी., पोल्याण्ड (g04 3/8)

मलाई मधुमेह भएको २८ वर्ष भइसक्यो। मेरो परिवारका दस जना सदस्य यही रोगबाट पीडित छन्‌। तपाईंहरूले तयार गर्नुभएको लेखमा मैले अहिलेसम्मकै सबैभन्दा विस्तृत जानकारी पाएँ। लेखहरूमा हाम्रो सृष्टिकर्ताको प्रेम झल्किन्छ, जुन कुराको अभाव यसै विषयसित सम्बन्धित सांसारिक लेखहरूमा खड्‌किन्छ। म आफ्नो परिवारमाथि पूर्णतया आश्रित हुन नचाहेको कारण, मैले अरूलाई आफू बिरामी भएको नदेखाउने कोसिस गरें। मैले अरूको हेरविचार गरेरै आनन्द उठाएँ। तर यस लेखले मलाई अरूको राम्रो हेरविचार गर्न सक्नको लागि मैले आफ्नो शरीरको पनि ख्याल राख्नुपर्छ भन्‍ने कुरा बुझ्न मदत गऱ्‍यो।

एल. पी., फ्रान्स (g04 3/8)

आध्यात्मिक तृष्णा “मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो” भन्‍ने लेखले मलाई धुरुधुरु रुवायो। (जुलाई ८, २००३) मेरो लालनपालन क्याथोलिक परिवारमा भएको थियो र आठ वर्षसम्म म क्याथोलिक स्कूल गएँ। स्कूल वा मासमा हामीले कहिल्यै बाइबल नपढे तापनि म सधैं बाइबलाई मूल्यवान्‌ ठान्थें र यसलाई म हरेक रात पढ्‌ने गर्थें। लुशिया मुसानेटलाई जस्तै मलाई पनि बाइबलबाट सिकेअनुसार कामकुरा गर्ने इच्छा थियो तर त्यसो गर्ने तरिका मलाई थाह थिएन। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि म आध्यात्मिक तवरमा तृप्त भएँ। यस किसिमको मन छुने जीवनीहरूको लागि तपाईंहरूलाई मुरी-मुरी धन्यवाद!

के. एफ., संयुक्‍त राज्य अमेरिका (g04 2/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने