प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ७/८ पृ. ३२
  • “प्रार्थनाको जवाफ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रार्थनाको जवाफ”
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ७/८ पृ. ३२

“प्रार्थनाको जवाफ”

आयरल्याण्डमा सम्पन्‍न यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा विमोचन गरिएको लर्न फ्रम द ग्रेट टिचर पुस्तकबारे नौ वर्षीय छोराकी आमाले त्यस प्रकार वर्णन गरिन्‌। तिनले यस्तो उद्‌गार व्यक्‍त गरिन्‌: “विमोचन हुँदा मेरो गहभरि आँसु भयो! यो नयाँ पुस्तक प्राप्त हुनु एउटा विशेष आशिष्‌ थियो किनभने गत हप्ता मात्र छोरालाई कुन प्रकाशनबाट अध्ययन गराउने होला भनेर म अन्योलमा परेकी थिएँ।

ती महिलाले अझै यसो भनिन्‌, “सरल तर आकर्षक ढङ्‌गमा उसलाई गहिरो बाइबल सत्य सिकाउन मदत गर्नुहोस्‌ भनेर मैले यहोवालाई प्रार्थना गरेकी थिएँ र कहाँबाट सुरु गर्ने भन्‍ने विषयमा मलाई अलमल भइरहेको थियो। त्यसैकारण पनि यो सुन्दर, एकदमै सचित्र पुस्तक मेरो प्रार्थनाको जवाफ थियो।”

संयुक्‍त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने पाँच जना छोराछोरीकी आमाले पनि त्यस्तै कुरा लेखिन्‌। तिनले यसो भनिन्‌, “अधिवेशनबाट होटल फर्किने क्रममा मैले मेरा तीन जना सबैभन्दा साना बच्चाहरू एकसाथ झुम्मिएर लर्न फ्रम द ग्रेट टिचर पुस्तक पढिरहेको, हेरिरहेको अनि त्यहाँ दिइएको कुन कुरा एकदमै राम्रो लाग्यो भनी छलफल गर्दै गरेको देखें।”

तिनले यसो भनिन्‌: “यहोवाबाट यो उपहार पाउँदा मैले अनुभव गरेको आनन्द—जन्मेको बेला, विवाह गर्दा, बप्तिस्मा लिंदा र ब्रह्‍माण्डको सृष्टिकर्ताबाट विशेष सुअवसर पाउँदाको आनन्द जत्तिकै थियो। कहिलेकाहीं शब्दहरूद्वारा हाम्रो मायालु पिता यहोवालाई व्यक्‍त गर्न नसकिने कुराहरू हाम्रो हर्षको आँसुले व्यक्‍त गर्छ भन्‍ने कुरामा म पक्का छु।”

सायद तपाईंले पनि यस पत्रिकाको जत्रै पाना भएको २५६ पृष्ठे सुन्दर सचित्र पुस्तक जाँच्नुका साथै अध्ययन गर्नुहुँदा त्यस्तै महसुस गर्नुहुनेछ। सँगै दिइएको कुपन भर्नुका साथै यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाएर तपाईं यस पुस्तकबारे थप जानकारी मगाउन सक्नुहुन्छ। (g04 4/22)

□ कुनै बाध्यतामा नपरी, म लर्न फ्रम द ग्रेट टिचर भन्‍ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने