प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ११/८ पृ. ३२
  • युवाहरूलाई चाहिएकै कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरूलाई चाहिएकै कुरा
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ११/८ पृ. ३२

युवाहरूलाई चाहिएकै कुरा

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तकले युवाहरूलाई चाहिएकै कुरा दिन्छ भनी जवान तथा वृद्ध सबै पाठकहरूले भन्दै आएको वर्षौं भइसक्यो। मेक्सिकोको सिनालोआ राज्यमा बस्ने एउटी किशोरीले आफ्ना केही साथीहरूलाई दिन यो पुस्तकको दस प्रति मगाइन्‌। तिनी यहोवाको साक्षी नभए तापनि आफूलाई यो किताब एकदमै मन परेको कुरा बताउँदै तिनले यसो भनिन्‌: “म तपाईंहरूको अत्यन्तै सम्मान गर्छु।”

तिनले यस्तो लेखिन्‌: “मेरा थुप्रै साथीहरूसित आफ्नो जीवनबारे तीन थुप्रो प्रश्‍नहरू छन्‌। मैले तिनीहरूलाई यो पुस्तक देखाएँ र तिनीहरूले यो अत्यन्तै मन पराए। यो पुस्तक एकदमै उत्कृष्ट छ र युवाहरूले थाह पाउन चाहने सबै कुरा यसमा छ।” गर्मी महिनाको बिदा सुरु हुनुभन्दा अघि नै यो पुस्तक प्राप्त गर्न सकिन्छ कि भनेर पनि तिनले सोधिन्‌।

युवा जनहरूका प्रश्‍न पुस्तकमा ३९ वटा अध्याय छन्‌। यसमा यस्ता विषयहरू पनि छन्‌: “के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?” “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?” “विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?” अनि “साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?” तपाईं ३२० पृष्ठे यो पुस्तकबारे थप जानकारी प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने कृपया तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g04 10/8)

□ कुनै बाध्यतामा नपरी, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने